ट्रयाक्टर दुर्घटनामा ११ यात्रु घाइते

बैतडी – जिल्लामा शनिवार बिहान ट्रयाक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा पर्ने सबै पाटन–पञ्चेश्वर सडकमा काम गर्ने मजदूर रहेका छन् ।


Advertisement

घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका–१ का चन्दु थारु, अञ्जली थारु, रवीना थारु,  देउकुमाल  थारु, सिर्जना थारु, रीतु थारु, किसन थारु, फूलमती थारु, अमिता थारु, लाइकराम थारु र कैलालीको गौरीगैगा नगरपालिका–३ का कोट्टारी चौधरी घाइते भएका छन् । 

घाइतेमध्ये चन्दु, अञ्जली, रवीना, देउकुमाल र सिर्जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी नायब निरीक्षक वीरभद्र खडायतले जानकारी दिए । उनीहरूको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि अन्यत्र पठाइएको छ ।

अन्य घाइतेको पाटनमै उपचार भइरहेको छ । पाटन बजारबाट सडकमा काम गर्नका लागि मजदूर बोकेको ग्वाल्लेक निर्माण सेवाको लु३प ३६८१ नम्बरको ट्रयाक्टर पाटन नगरपालिका ६ कदवारनजिक मेलापानीमा दुर्घटनामा परेको हो ।

दुर्घटना शनिवार बिहान ९ बजे भएको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन । ट्रयाक्टर सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्