कांग्रेस जिताउ अभियानसँगै तरुण दलको 'निर्वाचन यात्रा'

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट तरुण दलले आइतवार भक्तपुर क्षेत्र नम्बर १ 'क'बाट तरुण निर्वाचन यात्रा २०७६ प्रारम्भ गरेर गरेको छ ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले आफ्नो निर्वाचन यात्रा 'कांग्रेस जिताऔ अभियान' भएको बताए ।


Advertisement

अभियानअन्तर्गत भक्तपुरदेखि पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरसम्म चुनावी विशेष प्रचार अभियान संचालन हुने शाहीले बताए ।


Advertisement

तरुण युवाको टोलीले विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, र्याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया, मतदातासँग अन्तरसंवाद लगायत विभिन्न कार्यक्रमहरु गर्नेछ ।

कम्युनिस्ट सरकारको भ्रष्टाचार, अधिनायकवाद, लम्पसारवाद, नालायकीपनकाविरुद्ध कांग्रेस उम्मेदवारलाई बिजयी गराउन यो अभियान संचालन गरिएको दाबी शाहीले गरे ।

शाहीले भ्रष्टाचार, कुशासन, निरङ्कुशता, महंगीविरुद्ध आगामी मङ्सिर १४ को उपनिर्वाचनमा कांग्रेसलाई बिजयी गराउनुको कुनै पनि विकल्प नरहेको सन्देश जनतालाई दिन तरुण दल सक्रिय भएको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्