कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
डोटी – कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा १०४ चिकित्सकको अभाव छ ।
यहाँका अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकलसुपरिटेन्डेन्ट पद रिक्त छ ।
यहाँ तीन स्वास्थ्य अधिकृतको दरबन्दी रहे पनि हाल दुई जना मात्र कार्यरत छन् । नवौँ र दशौँ तहका चिकित्सकको दरबन्दी खाली रहेको जिल्ला अस्पतालले जनाएको छ । पच्चीस श्ययाको अस्पतालमा दुई चिकित्सक, एक स्वास्थ्य सहायक, दुई अहेव, एक स्टाफ नर्स तथा दुई अनमीको दरबन्दी रिक्त छ ।
यस्तै बोगटान फुडसील गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा डेढ वर्षदेखि चिकित्सक अभाव छ । यहाँ स्वास्थ्य सहायकले उपचार भइरहेको स्थानीयवासी हेम बलमे बताए ।
उनले भने, 'चिकित्सकको माग गरेको गर्यै छौं, सुनवाई भएको छैन ।'
जोरायल प्राथमिक स्वास्थ्य केन्द्रमा पनि लामो समयदेखि चिकित्सकको अभाव छ । यहाँ स्वास्थ्य सहायकका भरमा बिरामीको उपचार भइरहेको छ ।
डडेल्धुरा अस्पताल सङ्घ सरकारको मातहतमा छ भने सेती र महाकाली तथा जिल्ला अस्पताल प्रदेश सरकार मातहतमा छन् । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकी स्थानीय तह मातहत गएपछि हरेक स्वास्थ्य संस्थामा सरकारी दरबन्दीका चिकित्सकदेखि अनमी, अहेबसम्मका स्वास्थ्यकर्मीको अभाव रहेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत सेती प्राविधिक अस्पताल (साविकको सेती अञ्चल अस्पताल) कैलाली, महाकाली अञ्चल अस्पताल कञ्चनपुर, तथा पहाडी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा र अछामका जिल्ला अस्पताल र कैलालीको टीकापुर अस्पताल छन् ।
डडेलधुरा अस्पतालमा १९ चिकित्सकको दरबन्दी रिक्त छ भने स्थानीय सरकार मातहत रहेका डडेलधुराको जोगबुडा अस्पतालमा पाँच चिकित्सकको दरबन्दी रहेकामा सबै दरबन्दी रिक्त छ । डडेल्धुरा अस्पतालमा सरकारले १०९ जनाको दरबन्दी रहने गरी स्वीकृति दिएको छ । स्वीकृत दरबन्दीमध्ये ३७ जनाको मात्रै पदपूर्ति भएको छ ।
पछिल्लो समय यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढे पनि चिकित्सक नहुँदा सबैले सेवा पाउन नसकेको दिपायलका स्थानीयवासी दिव्यराज पाठकले बताए ।
उनले भने, 'अस्पातलमा बिरामीको चाप दिनहुँ बढ्न थालेको छ, चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् ।'
यस्तै अछाम जिल्ला अस्पतालमा दुई चिकित्सकको स्थायी दरबन्दी रहे पनि लामो समयदेखि दुई करारका चिकित्सकले सेवा दिइरहेका छन् ।
चौरपाटी गाउँपालिकाको चौरमाडौँ प्राथमिक स्वास्थ केन्द्र र कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रमा दुई चिकित्सकको दरबन्दी रिक्त छ ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...