हेलिकप्टर चढ्दा पनि उम्मेद्वारी फिर्ता नलिएका बाग्लुङका 'बागी'ले गरे आकस्मिक पत्रकार सम्मेलन

बाग्लुङ - प्रदेश सभाअन्तर्गत बाग्लुङ क्षेत्र नम्बर २ (ख) मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट बागी उम्मेदवारी दिएका शेरमान घर्तीले आकस्मिक पत्रकार सम्मेलन गरेर उम्मेद्वारी फिर्ता लिने तयारी गरेका छन् ।

घर्तीले नेकपा बाग्लुङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनमोर्चाका उम्मेदवार खिमविक्रम शाहीलाई सघाउने घोषणा गर्न लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ ।


Advertisement

यसअघि बागी उम्मेद्वारी दिएका घर्तीलाई हेलिकप्टर चढाएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुर्याइएको थियो तर उनले उम्मेदवारी फिर्ता लिन मानेका थिएनन् ।

उक्त क्षेत्रमा नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीलाई सघाउने निर्णय गरेपछि शेरमानले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनलाई नेकपाकै स्थानीय नेताहरू दधिराम अर्यालले प्रस्ताव गरेका थिए भने रिमबहादुर विकले समर्थन गरेका थिए ।


Advertisement

 

कमेन्ट गर्नुहोस्