यो मिनी रोबोट दौडिन्छ १४ किलोमिटर प्रतिघन्टाको गतिमा

काठमाडौं – अमेरिकाको म्यासाचुुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले चार खुट्टा भएको रोबोट बनाएको छ । उक्त रोबोटले एक सेकेन्डमा ३० वटा निर्णय लिन सक्छ । 

रोबोट अधिकतम १४ घन्टा प्रतिघन्टाको गतिमा दौडिन सक्छ । यसलाई मिनी चीता नाम दिइएको छ । 


Advertisement

रोबोट जस्तो स्थितिमा पनि सीधा उभिन सक्छ । सन्तुलन बिग्रँदा अघिल्तिर र पछिल्तिर फर्किएर फेरि दौडिने स्थितिमा आइपुग्छ । चितुवा जस्तो आवाज ननिकालिकन हिँड्ने विशेषता यसको छ । 


Advertisement

एमाआईटीका प्राध्यापक सेंगबेइ किमले भने, ‘मलाई यूट्युबमा अफ्रिकी चितुवा हेर्न मन लाग्थ्यो । त्यसको सुन्दरताबाट प्रभावित भएर मैले आफ्ना दुई विद्यार्थी बेन कोट्ज र ज्यारेड डी कार्लोलाई चितुवा जस्तो रोबोट बनाउने चुनौती दिएँ । तर मिनी चीता र वास्तविक चितुवाको गतिमा १० गुणाको अन्तर छ ।’

अफ्रिकी चितुवा १२० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा दौडिन सक्छ । मिनी रोबोटको अधिकतम गति १४ किलोमिटर प्रतिघन्टा मात्र छ ।

रोबोट उफ्रेर भुइँमा आउँदा सही ल्यान्डिङ भएन भने फेरि जम्प गर्न सक्दैन ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्