भलिबलमा नेपालद्वारा किर्गिस्तान पराजित

काठमाडौं– बङ्गलादेशमा जारी ‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’मा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ । 
    
ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा आज भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१५ अंकले आफ्नो पक्षमा पार्‍यो भने दोस्रो सेट २५–१९ अंकले तथा तेस्रो सेट २५–२० अंकले जितेको हो ।


Advertisement

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० सेटले पराजित गरेको हो ।


Advertisement

जीतसँगै नेपालले दुई खेलबाट ६ अंक जोडेको छ । नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्नेछ । 

कमेन्ट गर्नुहोस्