दुर्घटनामा १ जनाको मृत्यु

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपा नगरपालिका–१० जनागालस्थि अरनिको राजमार्गमा मंगलवार बिहान टिप्पर र बोलेरोले मोटरसाइकल च्यापिँदा १ जनाको मृत्यु हुनुका साथै अर्का १ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नम्बरको टिप्पर र बा१०च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अनटेस्ट मोटरसाइकलमा सवार १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


Advertisement

मुत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार रहेका भक्तपुर नगरपालिका–९ च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत विद्यार्थी २० वर्षीय विमल कुटुजु रहेको प्रहरीले जनाएको छ ।

घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर–८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन् । उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा सिफारिश गरिएको प्रहरीले जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्