यौनमार्फत पनि सर्छ डेंगु, स्पेनमा आयो केस

काठमाडौं – सामान्यत: डेंगु रोग लामखुट्टेले टोकेर सर्ने गर्छ । तर स्पेनमा एक व्यक्तिलाई यौनका कारण डेंगु सरेको घटना भएको चिकित्सकहरूले बताएका छन् । संसारमा पहिलोपटक यौनमार्फत डेंगु सरेको बताइएको छ ।

राजधानी मड्रिडमा बस्ने ४१ वर्षीय एक पुरुषले आफ्नो पुरुष साथीसँग सम्बन्ध राखेपछि डेंगु भएको बताए । ती पुरुष पार्टनरलाई क्युबा जाँदा लामखुट्टेले टोकेर डेंगु भएको रहेछ । 


Advertisement

गत सेप्टेम्बर महिनामा ती व्यक्तिलाई भएको डेंगु संक्रमणले चिकित्सकहरूलाई आश्चर्यमा पारेको थियो किनकि ती व्यक्तिलाई लामखुट्टेले टोकेको थिएन । तर यौनबाट पनि डेंगु सर्दो रहेछ भन्ने जानकारी चिकित्सकहरूले यस केसमार्फत पाए ।

एजेन्सी
 


Advertisement

कमेन्ट गर्नुहोस्