कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
काठमाडौं – तिब्बतको मामिलामा हस्तक्षेप गर्न संयुक्त राष्ट्रसंघलाई अमेरिकाले उपयोग गरिरहेको चीनले आरोप लगाएको छ ।
चीनले दलाई लामाको उत्तराधिकारी छान्न गरेको कोशिशलाई रोक्न अमेरिकाले प्रयास गरिरहेको बेलामा चीनको यो आरोप सार्वजनिक भएको हो ।
अघिल्लो साता अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता राजदूत साम ब्राउनब्याकले समाचार संस्था एएफपीलाई दलाई लामाको उत्तराधिकारीको विषय राष्ट्रसंघले हेरोस् भन्ने चाहना वाशिङटनको रहेको बताएका थिए । उत्तराधिकारी छनोट तिब्बती बौद्धहरूले गर्ने कुरा हो र चीन सरकारले यसमा हस्तक्षेप गर्न नमिल्ने उनको भनाइ थियो ।
ब्राउनब्याकको भनाइमा कडा प्रतिक्रिया दिँदै चीनले अमेरिकालाई धार्मिक स्वतन्त्रताको नाममा आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।
चिनियाँ विदेश मन्त्रालयका अधिकारी गेंग शुआङले सोमवार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकाको प्रयास विफल हुने बताए ।
हिमालय क्षेत्रमा आफूले विकास र आधुनिकीकरण गरिरहेको चीनको तर्क छ ।
चीनको समर्थन गर्ने व्यक्तिलाई दलाई लामाको उत्तराधिकारी बनाउने चीनको तयारी छ । सन् १९९५ मा चीनले ५ वर्षको बालकलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा नियन्त्रणमा परेका बालकलाई विश्व समुदायले सबभन्दा सानो उमेरको राजनीतिक बन्दी संज्ञा दिएको थियो । तिनै बालकलाई दलाई लामाको उत्तराधिकारी बनाउने चीनको योजना रहेको बताइन्छ ।
आफूअनुकूलको नयाँ दलाई लामा आएपछि तिब्बतको स्वायत्तता संघर्ष अन्त्य हुने अपेक्षा चीनले लिएको छ ।
दलाई लामा ८४ वर्षका भइसकेका छन् र उनको स्वास्थ्य कमजोर बन्दै गएको छ । दलाई लामाले आफ्नो उत्तराधिकारी आफैं छान्न चाहेको बताएका छन् ।
एजेन्सी
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...