बंगलादेशमा दुई यात्रुवाहक ट्रेन जुधे, १५ जनाको मृत्यु

काठमाडौं – बंगलादेशको ब्राह्मणबरिया जिल्लामा मंगलवार एकाबिहानै दुई यात्री ट्रेन जुधेपछि १५ जनाको मृत्यु भएको छ । 

स्थानीय समयअनुसार राति ३ बजे घटना भएको प्रहरीको भनाइ छ । सिल्हेतबाट चट्टोग्रामतिर गइरहेको उदयन एक्सप्रेस मोन्दोभाग रेलवे स्टेसनमा बिहान ३ बजेतिर ढाका गइरहेको टर्ना निशिता एक्सप्रेससँग ठोकिएको थियो ।


Advertisement

अखौरा रेलवे प्रहरी चौकीका अधिकारी श्यामल कान्ति दासले १२ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य धेरैजना घाइते भएको बताए । घाइते भएका अनेकौं यात्रुको स्थिति गम्भीर रहेको र मृतकको संख्या बढ्न सक्ने उनले बताए । 

घटनाको अनुसन्धान चलिरहेको छ । 


Advertisement

एजेन्सी
 

कमेन्ट गर्नुहोस्