एजेन्सी- नागपुरमा खेलिएको तेस्रो तथा अन्तिम म्याचमा 'हिरो' बनेराजस्थानका तीव्र गतिका बलर दीपक चाहर । भारतले टी-ट्वान्टी म्याचमा बंगलादेशलाई ३० रनले पराजित गर्दै सिरिज २-१ ले कब्जा गर्यो ।
म्याचपछि ह्याट्रिकबारे सोध्दा दीपकले रोचक जवाफ दिए । उनले भने, 'राम्रो प्रदर्शन गर्नेबारे सोचिरहेको थिएँ । तर यसप्रकारको बलिङबारे मैले सोचेको पनि थिइनँ । इतिहासनै बन्छ भन्ने सोचेको थिइनँ । ' उनको घातक बलिङकै कारण भारतले सिरिज जित्न सफल भएको हो ।
उनले आफ्नो बलिङ योजनाबारे भने, 'म प्राय: आगामी बलका लागि फोकिस हुने गर्छु । यो म ओभर पूरा नहुँदासम्म गरिरहन्छु ।'
म्यान अफ दी म्याच बनेका दीपकले ह्याट्रिकसहित ६ विकेट लिएर जम्मा सात रन दिएका थिए ।
यससँगै उनी टी-ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वश्रेष्ठ प्रदर्शन गर्ने बलर बनेका छन् ।
लोकान्तर संवाददाता