बाँदरले महिलाको मोबाइल फोनबाट गर्‍यो अन्लाइन शपिङ (भिडियो)

काठमाडौं – चीनमा एक बाँदरले एक महिलाको मोबाइल फोनबाट अन्लाइन शपिङ गरेको घटना भिडियोमा कैद भएको छ । ती महिलाले मोबाइल आफ्नो अफिसमा छोडेकी थिइन् । 

ती महिलाले उक्त बाँदर आफूले नै हुर्काएको र इन्टरनेटमा धेरैपटक सामान किनेको उसले देखेको महिलाले बताइन् । 


Advertisement

फोन समातेर बाँदरले स्क्रीनमा यताउता छोएको थियो । 

घटना गत बुधवार चाङ्झुस्थित यानचेङ वाइल्ड यानिमल वर्ल्डमा भएको हो । 


Advertisement

चिडियाखानाकर्मीको नाम ली मेङमेङ हो । उनले दैनिक सामानहरू मगाउनका लागि फोनबाट चेक गरेको अनि त्यही बेलामा बाँदर भोकाएको थाहा पाएको बताइन् । 

बाँदरलाई खाना खोज्न जाँदा उनले फोन छोडेकी थिइन् । 

खाना लिएर ली अफिस फर्किंदा उनले नकिनेको सामानको अर्डरलाई कन्फर्म गरेको सन्देश पाइन् । 

त्यसपछि उनले सीसीटीभी क्यामरा हेरेर के भएको हो पत्ता लगाइन् । 

बाँदरले स्क्रीन चलाएर सामान मगाएको उनले देखिन् । 

बाँदरले उनको अन्लाइन शपिङ कार्ट एकैपटकमा रित्त्याइदिएको थियो ।

एजेन्सी 

कमेन्ट गर्नुहोस्