×

NMB BANK
NIC ASIA

प्रचण्डले भने– वन संरक्षणमा रेञ्जरको भूमिका महत्त्वपूर्ण

कात्तिक २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन – पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरूले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन् ।

Muktinath Bank

अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा मंगलवादेखि सौराहामा शुरू भएको नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले विश्वमा रेन्जरहरूले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै काम गर्नुपर्ने चुनौती संरक्षणकर्मीमा रहेको भन्दै पूर्वप्रधानमन्त्री दाहालले समन्वयकारी भूमिका निर्वाह गरी काम गर्नुपर्ने औल्याए । संरक्षण र विकास सँगसँगै अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै दाहालले विकासमा दबाब छ, भने ।

Vianet communication
Laxmi Bank

वन र वन्यजन्तु संरक्षणमा नेपालले केही क्षेत्रमा विश्वमानै उदाहरणीय कार्य गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’ भएको बताए ।

दुर्लभ वन्यजन्तु बाघ, गैँंडा जस्ता जनावरको सङ्ख्या वृद्धि गरी चोरी शिकार नियन्त्रण गरेर नेपालले अन्तर्राष्ट्रिय समुदाय सामु गरेको वाचा पूरा गरेको मन्त्री बस्नेतले जानकारी गराए ।

शून्य चोरी शिकार नेपालको सफलता भएको भन्दै उनले यस कार्यमा संरक्षणकर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए ।

मन्त्री बस्नेतले रेन्जरको काममा प्रभाव पार्ने मुद्दामा छलफल गर्नुका साथै साझेदारीका अवसर सिर्जना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने बताए ।

सो अवसरमा आईआरएफका अध्यक्ष सन विलमोरले एसियामा पहिलो पटक विश्व रेन्जर सम्मेलनको आयोजना गरेकोमा नेपालप्रति आभार प्रकट गरे ।

चोरीशिकार तथा संरक्षण प्रयासमा  उत्कृष्ट सावित भइसकेको नेपाल सम्मेलनको आयोजनाका निम्ति एक स्वभाविक चयन भएको बताए ।

उनले भने, “यति ठूलो सङ्ख्यामा रेन्जर उपस्थित भई महत्वपूर्ण बैठकमा भाग लिने र यस सुन्दर देशबाट प्रेरित हुने कुराले हामी निकै हर्षित रहेका छौ ।”

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, सहसचिव डा महेश्वर ढकाललगायतले सम्मेलनको सफलताको कामना गरेका थिए ।

एसियामानै पहिलो पटक नेपालमा सम्मेलन भएको हो । सम्मेलन पाँच दिनसम्म चल्नेछ । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन/तीन वर्षमा हुँदै आएको छ ।

यस अघिको आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो ।

सम्मेलन तयारी समितिका संयोजक डा महेश्वर ढकालका अनुसार नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन्  । 

सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्दैछ । 

त्यसैगरी प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आ–आफ्ना प्रस्तुतिकरण गर्ने कार्यक्रम छ । सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानवद्वन्द्व न्यूनीकरणका विषयमा विज्ञहरूले आ–आफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए ।

वन्यजन्तु संरक्षणमा काम गर्ने प्राविधिक कर्मचारीलाई रेन्जर भनिन्छ । उनीहरूको साझ संस्था आईआरएफ हो ।

सम्मेलनमा रेन्जरको कामको प्रकृति, कामको गतिमा सुधार, संरक्षणमा उनीहरूले खेलेको भूमिकाको मूल्याङ्कन, प्रविधि हस्तान्तरण, रेन्जरका रुपमा महिलाको योगदान, समुदायस्तरमा उनीहरूले पुर्‍याएको योगदान, आगामी दिनमा उनीहरूको सुरक्षाबारे छलफल हुने जनाइएको छ ।  

पर्यटन वर्ष २०२० को सङ्घारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

विश्वमानै वन्यजन्तु सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात रहेको छ । यहाँका एक सिङ्गे गैँडा, पाटेवाघलगायतका जनावर हेर्न हरेक वर्ष स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x