×

NMB BANK
NIC ASIA

काठमाडौं – मेडिकल कलेजले विद्यार्थीसँग लिने शुल्क सरकारले बर्सेनि रुपमा निर्धारण गर्छ तर सरकारले तोकेको शुल्कलाई बेवास्ता गर्दै मेडिकल कलेजले विद्यार्थीलाई अतिरिक्त शुल्कको नाममा ठग्ने गरेको पाइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा ३ वर्षमा १२ वटा मेडिकल कलेजले २ अर्ब ८५ करोडभन्दा बढी रकम विद्यार्थीसँग ठगी गरेको उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेडिकल कलेजले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त २ लाखदेखि २५ लाख रुपैयाँ लिने गरेको पाइएको छ । राष्ट्रिय सर्तकता केन्द्रले १२ वटा मेडिकल कलेजमाथि अनुसन्धान गर्दा ठगी गरेको तथ्य फेला परेको हो ।


Advertisment
Nabil box
Kumari

तोकिएकोभन्दा बढी शुल्क लिने मेडिकल कलेज

Vianet communication
Laxmi Bank

आर्थिक वर्ष २०७३/७४ मा काठमाडौं उपत्यका भित्रका मेडिकल कलेजले ३५ लाख र काठमाडौं उपत्यका बाहिरका मेडिकल कलेजले ३८ लाख ५० हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था सरकारले गरेको थियो । आर्थिक वर्ष ०७४/०७५ र आर्थिक वर्ष ०७५/०७६ का लागि सरकारले अघिल्लो आर्थिक वर्षमा तोकिएको शुल्क बढाएर काठमाडौं उपत्यकाभित्रका मेडिकल कलेजले ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजले ४२ लाख ४५ हजार रुपैयाँ शुल्क लिन पाउने व्यवस्था गरेका थिए ।

सरकारले तोकेको शुल्कलाई नै विश्वविद्यालयले लागू गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय ऐनमा उल्लेख छ । नेपाल सरकारले तोकेको शुल्कभन्दा बढी ४९ लाख ५४ हजार रुपैयाँसम्म एकमुष्ठ शुल्क लिन र अन्य विविध शुल्क लिनसक्ने व्यहोराको परिपत्र काठमाडौं विश्वविद्यालयले मेडिकल कलेजलाई गरेको, काठमाडौं विश्वविद्यालयलाई शुल्क निर्धारण गर्ने कुनै अधिकार नभएको सर्तकता केन्द्रको प्रतिवेदनमा औंल्याइएको छ ।

शिक्षण शुल्कभित्र सम्पूर्ण शुल्क पर्ने, शिक्षण शुल्क लिइसकेपछि अन्य शीर्षकमा शुल्क लिन नपाइने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ । चिकित्सा शिक्षा ऐन २०७५ को दफा २ अनुसार ‘शिक्षण’ शुल्क भन्नाले शिक्षण संस्थाले चिकित्सा शिक्षाको अवधिभर लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय र सामुदायिक तालिम वा परीक्षा शुल्क भन्ने बुझिन्छ ।

शुल्क वृद्धिमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको मिलेमतो !

त्रिभुवन विश्वविद्यालय अनुगमन निर्देशनालयले आर्थिक वर्ष ०७४/०७५ मा नेसनल मेडिकल कलेज, किस्ट मेडिकल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस र गण्डकी मेडिकल कलेजमा अनुगमन गरेको थियो । मेडिकल कलेजमा भएको बेथिति सुधार्न निर्देशनालयले विश्वविद्यालयका उपकूलपति, अध्यक्ष, कार्यकारी परिषद्को सचिवालय र कीर्तिपुर विश्वविद्यालयलाई पेश गरेको थियो । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले कार्यान्वनको लागि चिकित्साशास्त्र अध्ययन संस्थान डीनको कार्यालयलाई २०७४ फागुन १८ गते पत्राचार गरेको थियो ।

सतर्कता केन्द्रको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयले निर्देशनालयको प्रतिवेदनलाई कार्यान्वयन गरेन । केन्द्रको प्रतिवेदनमा सम्बन्धित पक्षलाई आवश्यक कारवाही हुनुपर्ने माग गरिएको छ ।

काठमाडौं विश्वविद्यालय ऐन २०४८ अनुसार विश्वविद्यालयले शुल्क निर्धारण गर्ने अधिकार नराख्ने र नेपाल सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क मेडिकल कलेजलाई निर्धारणको लागि परिपत्र जारी गरेर गैरकानूनी काम गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं विश्वविद्यालयलाई कारबाहीको माग गरेको छ ।

शैक्षिक शुल्कका नाममा लाखौं रुपैयाँ असुलेर विद्यार्थी/अभिभावकलाई ठगी गर्ने मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संरक्षण गरेको र गण्डकी मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, नेसनल मेडिकल कलेज र चितवन मेडिकल कलेजले एमबीबीएस र एमडी अध्ययनरत विद्यार्थीसँग अतिरिक्त शुल्कको नाममा लाखौं रकम असुल्ने गरेको उजुरी राष्ट्रिय सतर्कता केन्द्रमा परेको थियो ।

२०७५ फागुन १७ गते प्रधानमन्त्री कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक छानबिनको लागि निर्देशन गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

असोज २७, २०८०

काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x