अत्यधिक रक्तचापले सुत्केरीको मृत्यु

म्याग्दी – जिल्लाको धौलागिरि गाउँपालिका–२ लुलाङमा मंगलवार एक सुत्केरीको मृत्यु भएको छ ।

ललाङकी ३० वर्षीया सतिकला विकको मृत्यु भएको वडाध्यक्ष गमप्रसाद विकले बताए । विकले जन्माएको छोराको अवस्था भने सामान्य छ ।


Advertisement

प्रसूतिपछि अत्यधिक रक्तचापका कारण विकको मृत्यु भएको हो । विकले सोमवार राति लुलाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएकी थिइन् ।


Advertisement

मंगलवार बिहान सामान्य अवस्थामा घर गएकी विक आकस्मिक रुपमा बेहोस भएपछि आफन्तले स्वास्थ्य चौकीमा लगेका थिए । हेलिकप्टरबाट पोखरा लैजाने तयारी गर्दैगर्दा दिउँसो २ बजे विकको मृत्यु भएको वडाध्यक्ष विकले बताए ।

धौलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर निःशुल्क हेलिकप्टर मगाएका थिए । पोखराबाट हेलिकप्टर उड्ने तयारी भएको अवस्थामा सुत्केरीको मृत्यु भएको खबर आएको गाउँपालिका अध्यक्ष पुनले बताए ।

कमेन्ट गर्नुहोस्