एजेन्सी- बलिउडमा पछिल्लो समय अभिनयमार्फत चर्चामा आएकी अभिनेत्री हुन्- दिशा पाटनी । केही समयअघि उनी सलमानको फिल्म 'भारत'मा देखिएकी थिइन् । अब पुन: उनी सलमानसँग देखिनेछिन् । जसको नाम हो- राधे ।
दिशाले फिल्मको शूटिङसमेत शुरू गरिसकेकी छन् । यसैबीच उनले एक लक्जरी कारसमेत किनिन् । कारको तस्वीर उनले सामाजिक सञ्जालमा समेत पोस्ट गरिन् ।
रेन्ज रोवरको लेटेस्ट मोडलको गाडीमा पोज दिँदै गरेको तस्वीर उनले पोस्ट गरेकी हुन् ।
उनले इंस्टाग्राममा तस्वीरसँगै लेखेकी छन्, 'कार ड्राइभ गर्नु निकै राम्रो अनुभव थियो ।
उनले कार किनेको/नकिनेकोबारे उल्लेख नगरेपनि मानिसहरूले उनले कार किनेको बताएका छन् ।
लोकान्तर संवाददाता