गूगलले गोप्य रूपमा लाखौं अमेरिकीको स्वास्थ्य डेटा जम्मा गरेको आरोप

काठमाडौं – गूगल कम्पनीले अमेरिकाका लाखौं नागरिकको स्वास्थ्य आँकडा (डेटा) गोप्य रूपमा जम्मा गरेको आरोप लागेको छ । 

विगत एक वर्षमा २१ राज्यका लाखौं नागरिकको डेटा उनीहरूको अनुमतिबेगर उपयोग गरेको आरोप पनि उसमाथि लागेको छ । गूगलले स्वास्थ्य सेवा दिने कम्पनी असेन्सनसँग सम्झौता गरेको छ । उक्त कम्पनीले २० राज्यका लगभग १५० वटा अस्पताल सञ्चालन गर्छ । 


Advertisement

कम्पनीले चलाउने अस्पतालहरूमा उपचार गराउने रोगीको डेटा उनीहरूलाई थाहै नदिई गूगल क्लाउडमा अप्लोड गरिएको थियो । सोमवार असेन्सन कम्पनीका केही कर्मचारीले नै यसको खुलासा गरेका हुन् । 


Advertisement

गूगल र असेन्सनले मिलेर स्वास्थ्य सेवाहरूमा सुधारका लागि प्रोजेक्ट नाइटिंगल शुरू गरेका छन् । दुवै कम्पनीले पोहोर साल लाखौं रोगीको स्वास्थ्य डाटा विश्लेषण गरेका छन् । कम्पनीले डेटाको उपयोग गरेर चिकित्सकलाई रोगीको जानकारी झन् राम्रो तरिकाले पुर्‍याइएको दाबी गरेको छ । 

समाचारहरूमा आएअनुसार, असेन्सनले जम्मा गरेको डेटामा रोगीको नाम, उमेर, जन्ममिति, मेडिकल हिस्ट्री, रोगीको जाँचको रिपोर्ट, उपचार र औषधिको जानकारीका साथै अस्पतालमा भर्ना हुँदाका आँकडा समेत छन् । अमेरिकामा

रोगीहरूको रेकर्ड स्वास्थ्य सुविधा उपलब्ध गराउने कम्पनीहरूसँग साझा गर्ने अनुमति त छ तर यसमार्फत मानिसहरूको निजी जानकारी उपयोग गर्ने र गोपनीयता भंग हुने चिन्ता पनि जनाइएको छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्