पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
काठमाडौं– सामान्य लेनदेनको विषयमा उद्योगी व्यापारीलाई पक्राउ गरेर त्रास फैलाउने काम बन्द गर्न नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले सरकारको ध्यानाकर्षण गराएका छन् । व्यापारी रुप ज्योतिलाई पक्राउ गरेर सरकारले गलत काम गरेको उनले बताए ।
‘सरकारको कार्यशैलीबाट व्यावसायिक क्षेत्र सन्त्रस्त र आक्रान्त छ,’ उपाध्यायले भने, ‘यो त अति नै भयो ।’ रुप ज्योतिले पैसा तिर्छु भन्दा भन्दै पनि उजुरीको भरमा पक्राउ गरेर प्रहरीले अतिरिक्त सक्रियता देखाएको उपाध्यायको भनाइ छ ।
रुप ज्योति परिवारको केस अहिले अदालमा पुगिसकेको छ । ‘अदालतले आफ्नो ढंगले न्याय निरुपण गर्ला तर उजुरीको भरमा व्यवसायीलाई पक्राउ गर्न प्रहरीले जुन हतारो देखायो, यो घटनाले व्यापारिक घराना सन्त्रस्त देखिन्छन्,’ उपाध्यायले भने ।
हाउजिङका नाममा सर्वसाधरणलाई ठगी गरेको आरोपमा प्रहरीले ज्योति ग्रुपका अध्यक्ष समेत रहेका पूर्व अर्थ सहायक मन्त्री ज्वोतिलाई २१ गते बिहीवार त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । ल्याण्डमार्क डेभ्लपर्स हाउजिङको विवादमा रुपज्योतिकी छोरी सुरुचि पनि पक्राउ परेकी छन् । काठमाडौं जिल्ला अदालतले रुप ज्योतिका दाई पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिसकेको छ ।
भारतका लागि पूर्व नेपाली राजदूत समेत रहिसकेका उपाध्यायले व्यावसायिक वातावरण बनाउनुको सट्टा व्यापारीमाथिको धरपकडले लगानीकर्ता निरुत्साहित हुने चिन्ता व्यक्त गरे ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...