३ कक्षामा पढ्ने बालिका बलात्कार आरोपमा शिक्षक पक्राउ

चितवन – माडी नगरपालिका–५ स्थित बह्मज्योति आधारभूत निम्न माध्यमिक विद्यालयका शिक्षक कुम्मसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै विद्यालयमा ३ कक्षामा अध्ययनरत १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 


Advertisement

विकले बालिकालाई आर्थिक प्रलोभन देखाई विगत २ वर्षदेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ । घर जाने क्रममा ती छात्रालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि विकलाई माडीस्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको जानकारी दिँदै प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले उनलाई चितवन जिल्ला अदालतमा जबरजस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गर्न ५ दिनको समय माग गरी अनुसन्धान थालिएको बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्