स्वाजिल्यान्डका जनता भोकमरीले बेहाल, राजा भने विलासी गाडीमा मस्त !

काठमाडौं – अफ्रिकी मुलुक स्वाजिल्यान्डका राजाले देशका गरीब जनतालाई चिढ्याउँदै आफ्ना १४ जना पत्नीहरूका लागि विलासी कार मगाएर लगभग २० अर्ब रुपैयाँ खर्च गरेको आरोप छ ।

राजा एमस्वाती तेस्रोले १९ वटा रोल्स रोयस गाडी र १२० वटा बीएमडब्ल्यू आयात गरेको र तीमध्ये केही गाडी यसै महिनाको शुरूतिर ल्याइएको बताइएको छ । 


Advertisement

प्रत्यक्षदर्शीहरूले बीएमडब्ल्यू एक्स३ र ५–सिरिज मोडलका गाडीहरू मगाएका हुन् । प्रत्येक गाडीको मूल्य लगभग ४५ लाख रुपैयाँ छ । दक्षिण अफ्रिकाबाट ती गाडीहरू एक ट्रकमा राखेर प्लास्टिकको खोलमा बेरेर ल्याइएको हो । 

स्वाजिल्यान्डमा भोकमरीका कारण मानिसहरू मरिरहेको बेलामा राजाले यति धेरै रकम खर्च गर्दा देशमा आक्रोश फैलिएको छ । 


Advertisement

विपक्षी राजनीतिकर्मी वान्डाइल द्लुद्लुले राजामाथि आफू र आफ्नो परिवारलाई पुलपुल्याएको आरोप लगाए । 

‘धनसम्पत्तिको यस्तो प्रदर्शनले चरम घमण्ड र स्वाजिल्यान्डका गरीब जनताको भावनामाथिको खेलवाड झल्काउँछ,’ उनले भने । 

राजाका १४ पत्नी छन् र २५ भन्दा बढी बालबालिका छन् । उनी बेस्सरी खर्च गर्न माहिर छन् । 

स्वाजिल्यान्ड अफ्रिकाको एक मात्र निरंकुश राजतन्त्र भएको मुलुक हो र उनले १३ लाख मानिसमाथि शासन चलाइरहेका छन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्