सीमा मिचिएको विरोधमा विद्यार्थीको प्रदर्शन

फाइल फोटो

भक्तपुर – राष्ट्रिय सीमा अतिक्रमणसँगै राष्ट्रियतामाथि हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा दिनभरी कक्षामा बस्नुपर्ने विद्यालयका विद्यार्थी प्ले कार्ड बोकेर सडकमा ओर्लिएका छन् ।

विद्यालयकै पोशाकमा आएका विद्यार्थीले एक हातमा चन्द्रसूर्य अंकित नेपालको झण्डा र अर्को हातमा प्लेकार्ड बोकेर आज भक्तपुर परिक्रमा गर्दै ‘गो ब्याक इण्डिया’, ब्याक अफ इण्डिया’ भारतले गरेको नेपालको सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।


Advertisement

भक्तपुरको ब्यासीस्थित प्रभात सेकेण्डरी स्कुलका विद्यार्थीले प्लेकार्ड, झण्डा र नेपालको नक्सामात्र नभएर भारतले एकतर्फी रूपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी तथा लिपुलेक आफ्नो नक्साभित्र राखेको विरोधमा उनीहरुले चर्को नारा लगाएका थिए ।

भक्तपुरको ब्यासीबाट निस्किएको र्‍यालीले भक्तपुर नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । 


Advertisement

‘कालापानी हाम्रो हो, सीमा मिच्न पाइँदैन’, बेइमानी नक्सा हुँदैन, नेपाल छुन पाइँदैन’ लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकेर भक्तपुरको सूर्यमढीदेखि दूधपाटीसम्म सीमा अतिक्रमणविरुद्धको र्‍याली प्रदर्शन गरिएको थियो

विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेंले भने, 'विद्यार्थीलाई देशको सिमानाबारेमा जानकारी दिनु आवश्यक छ, हामीले कक्षा ८ देखिकै पाठ्यपुस्तकमा सिमानाबारेमा अध्यापन गराउनुपर्छ, यो विषयबारे जानकारी दिन यो र्‍याली आयोजना गरेका हौं ।'

उनले र्‍यालीमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थी  सहभागी भएको बताए ।

कमेन्ट गर्नुहोस्