×

NMB BANK
NIC ASIA

सरकारी सम्पत्तिको चरम दुरूपयोग: लोकसेवाको कक्षा पढाउन जान पनि सरकारी गाडी [भिडियोसहित]

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – पुरानो नेपाली उखान छ, ‘राजाको काम, कहिले जाला घाम ।’ नेपाली कर्मचारीले जनता र राष्ट्रको काम लगनशीलताको साथ गर्दैनन् भन्ने आरोप लागि नै रहेको छ ।

Muktinath Bank

राष्ट्रसेवक कर्मचारीले खुलेआम सरकारी सम्पत्तिको दुरूपयोग पनि गर्ने गरेका छन् । त्यसका लागि एउटा उदाहरण हेरौं :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साँझको साढे ६ बजिसकेको थियो । काठमाडौं बानेश्वरबाट शंखमुलतर्फको ओरालोमा दायाँ–बायाँ लस्करै सरकारी गाडी र मोटरसाइकल पार्किङ गरेर राखिएको थियो ।


Advertisment
Nabil box
Kumari

साँझको बेला के सरकारी कार्यक्रम रहेछ यहाँ ? हामीले सोच्यौं । बुझ्दा त्यहाँ कुनै सरकारी कार्यक्रम र कार्यालय केही रहेन छ ।

Vianet communication
Laxmi Bank

बरू त्यहाँ त लोकसेवाको परीक्षा तयारीसम्बन्धी पढाइ हुने चैतन्य इन्स्टिच्युट अफ म्यानेजमेन्ट भन्ने संस्था रहेछ । त्यहाँ साँझ कार्यालय समय सकिएपछि कर्मचारीहरू पढाउन र पढ्न आउने रहेछन् ।

नेपाल सरकारले आफ्ना कर्मचारीलाई कार्यालय प्रयोजनका लागि सवारी साधन उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कार्यालय समयमा कार्यालय प्रयोजनका लागि ती सवारी साधन प्रयोग गर्न पाइन्छ तर त्यहाँ कर्मचारीहरूले आफ्नो नितान्त व्याक्तिगत प्रयोजनका लागि सरकारी सवारी साधन प्रयोग गरिरहेका थिए ।

हेर्नुहोस्, भिडियो :

सरकारी कर्मचारी आफ्नो कक्षामा गएका थिए, तर सवारी चालकहरू भने उनीहरूको प्रतिक्षामा गाडीमा नै बसिरहेका थिए । गृह मन्त्रालयदेखि विभिन्न मन्त्रालय र विभागका कर्मचारीहरू सरकारी गाडी लिएर त्यहाँ लोकसेवा तयारीका लागि कक्षा लिन आएको गाडीका चालकले बताएका थिए । 

हामीले सवारी चालकलाई सोध्यौं, यति रातिसम्म काम गरेपछि तपाईंलाई छुट्टै सेवा सुविधा दिन्छन् ? सवारी चालकले आफूहरूले त्यस्तो केही नपाउने  बताए । कार्यालय समयभन्दा बाहिर काम गराएर कर्मचारीले सवारी चालकको श्रम शोषण गरेको पनि थाहा भयो ।

कर्मचारीहरूको कक्षा नसकिएसम्म हामी अबेरसम्म बस्यौं । साँझको ७ बजेतिर कर्मचारीहरू निस्किए । कर्मचारीहरू आ–आफ्नो सवारी साधन भएको ठाउँतिर आए । हामीले केही कर्मचारीलाई सोध्यौं कार्यालय समयभन्दा बाहिर यसरी सरकारी साधनको प्रयोग गर्न पाइन्छ ?

गाडी चढ्ने कर्मचारीले ‘हाम्रो अफिसमा आएर कुरा गर्नुस्, यहाँ होइन’ भनेर ठाडो जवाफ फर्काए । हामीले उनको जवाफ भिडियोमा कैद गर्ने प्रयास गर्‍यौं । उनले अनुमतिविना भिडियो नखिच्न अनुरोध गरे ।

ट्राफिक प्रहरीसँग पनि मिलेमतो !

बानेश्वर चोकबाट शंखमुल जाने सडक जाँदा ओरालो–उकालो र घुम्ती समेत छ । जोखिमयुक्त बाटोमा सामान्यतया पनि सवारी पार्किङ गर्न पाइँदैन र पार्किङ गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ ।

मन्त्रालयका विभिन्न उच्च तहका कर्मचारी पढाउन आउने र पढ्न आउने ठाउँ भएर होला सडकको दायाँ–बायाँ नै पार्किङ गर्ने सुविधा ट्राफिक प्रहरीले उपलब्ध गराएको छ  ।

एक सवारी चालकका अनुसार शंखमुल पुलदेखि घुम्तीसम्म ट्राफिक प्रहरी आउँछ, त्यहाँबाट माथि आउँदैन । कर्मचारी र इन्स्टिच्युटसँग ट्राफिक प्रहरीको मिलेमतो भएर यस्तो सुविधा दिएको हुनसक्ने ती सवारी चालकले बताए ।

ट्राफिक प्रहरीका प्रवक्ता रविकुमार पौडेलले त्यहाँ पार्किङ गर्ने सुविधा नभएको, रातिको समयमा त्यस क्षेत्रमा ट्राफिक प्रहरीको ड्युटीको अभावमा निगरानी नपुगेको हुन सक्ने बताए ।

प्रवक्ता पौडेलले त्यस क्षेत्रको कमान्डरलाई सोधेर मात्र थप कुरा भन्न सक्ने बताए । मन्त्रालय, विभाग र विभिन्न कार्यालयका सवारी साधनको दुरूपयोग भइरहँदा सम्बन्धित पक्ष किन मौन छ ?

राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव डालनाथ अर्याल भन्छन्, ‘कार्यालय समयभन्दा बाँकी समयमा कर्मचारीले कार्यालय प्रयोजनका लागि सवारी साधन प्रयाग गर्दा सम्बन्धित निकायको प्रमुखबाट स्वीकृति लिुपर्ने हुन्छ । स्वीकृति नलिई सरकारी सवारी साधन सञ्चालन गरेमा नियमअनुसार कारवाही हुने व्यवस्था रहेको छ ।’

फोटो/भिडियो : सुरेन्द्र श्रेष्ठ/लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x