कात्तिक २३, २०८०
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
काठमाडौं – चीनले भव्य प्रगति गर्नुमा त्यहाँको अब्बल राजनीति प्रमुख कारण भएको चीनविज्ञहरूले बताएका छन् ।
चीनका अधिकांश सबै शीर्ष नेताहरू वैज्ञानिक र इन्जिनीयर छन् । चीनमा वैज्ञानिकहरूलाई अत्यन्तै आदर गरिन्छ । वैज्ञानिकहरूलाई सम्मान गरिने भएकाले राजनीतिक मामिला पनि उनीहरूले राम्रो गरी सम्हाल्न सक्छन् भन्ने चिनियाँ जनताको विश्वास छ ।
चिनियाँहरूले वैज्ञानिक तथा इन्जिनीयरको दिमाग नै अनुशासित हुने भएकाले सरकारी जिम्मेवारी सम्हाल्न उनीहरू सक्षम रहेको धारणा बनाएका छन् ।
अहिले चिनियाँ सरकारमा रहेका नौजना शीर्ष अधिकारीमध्ये आठजना वैज्ञानिक र इन्जिनीयर छन् । यस नेतृत्वले नयाँ कुरा आविष्कार गर्न र चीनको श्रमशक्तिलाई विज्ञान, प्रविधि तथा इन्जिनीयरिङमा केन्द्रित गर्न जोड दिएको छ ।
चिनियाँ नेताहरूमा अर्थशास्त्री, अनुसन्धाता र पत्रकार समेत पर्छन् । तर उच्चतम पदमा वैज्ञानिक र इन्जिनीयर छन् ।
राष्ट्रपति शी चिनफिङले बेइजिङमा रहेको शिंगुवा विश्वविद्यालयबाट केमिकल इन्जिनीयरिङ पढेका हुन् । उनले मार्क्सवादमा स्नातकोत्तर समेत गरेका छन् र कानूनमा विद्यावारिधि पनि गरेका छन् ।
नेसनल कमिटी अफ द चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्सका अध्यक्ष यु झेङशेङ पनि इन्जिनीयर हुन् । उनले हार्बिन मिलिटरी इन्जिनीयरिङ इन्स्टिच्युटको मिसाइल इन्जिनीयरिङ डिपार्टमेन्टबाट ब्यालिस्टिक क्षेप्यास्त्र स्वचालित नियन्त्रण विषयमा स्नातकोत्तर गरेका छन् ।
ली चेङ र लीन ह्वाइटले गरेको एक अध्ययनमा चीनको राजनीतिक सम्भ्रान्त वर्गमा वैज्ञानिक र इन्जिनीयरहरूको बाहुल्य रहेको पाइएको छ ।
चीनका प्रान्त, जिल्ला, शहर र गाउँका सदस्यहरूमा पनि ८० प्रतिशत जति विषयविज्ञ छन् । अर्थात् १० मा आठ नेताले विज्ञान वा इन्जिनीयरिङमा कम्तीमा चार वर्षको स्नातक तह उत्तीर्ण गरेकै छन् ।
त्यसैले गर्दा त चीनले प्रविधि तथा निर्माणको क्षेत्रमा अभूतपूर्व प्रगति गरेको छ ।
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...