इजरायलले गरेको हवाई आक्रमणमा बुधवार ९ प्यालेस्टाइनीको मृत्यु

काठमाडौं – इजरायलले गरेको हवाई आक्रमणमा परी गाजामा नौजना प्यालेस्टाइनीहरूको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । इस्लामिक जिहादका एक कमान्डरलाई मार्नका लागि इजरायलले आक्रमण थालेको दुई दिनमा १९ जना प्यालेस्टाइनीहरू मारिइसकेका छन् । 

इजरायलको आक्रमणको प्रतिकार गर्दै गाजास्थित लडाकूहरूले बुधवार बिहानैदेखि इजरायलतर्फ रकेट प्रहार गरेका छन् । अनि इजरायली सेनाले पनि हवाई आक्रमण गरेको छ । 


Advertisement

गाजा शहरमा मारिएका ६ जनाको शव शिफा अस्पतालमा ट्याक्सी र एम्बुलेन्समा बुधवार बिहानै लगिएको छ । मारिएकाहरूका नातेदार रोएका तथा चिच्याएका थिए । मारिनेहरू घना बस्तीमा बस्ने सर्वसाधारण भएको चिकित्सक र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।


Advertisement

‘उनीहरूले यसको शुरूआत गरेका हुन्, हामीहरू युद्ध चाहँदैनथियौं,’ विलाप गरिरहेका एक नातेदारले भने । 

बुधवार इजरायली सेनाले गाजापट्टीमा इस्लामिक जिहाद बसेको ठाउँमा आक्रमण फेरि गर्न थालेको बताएको छ । हवाई आक्रमणका कारण कम्तीमा तीनवटा रकेट प्रक्षेपणकर्ताहरू मारिएको एक सैन्य प्रवक्ताले बताए ।

रोयटर्सबाट

कमेन्ट गर्नुहोस्