बेइजिङमा दुईजनालाई उच्च संक्रमणको जोखिम भएको प्लेग लागेपछि अस्पताल भर्ना

काठमाडौं – चीनको राजधानी बेइजिङमा दुईजनालाई न्युमोनिक प्लेग लागेको पाइएपछि अस्पताल भर्ना गरिएको छ । यो प्लेग संक्रमणको उच्च जोखिम भएको रोग हो र उपचार नगरेमा यसले ज्यानै लिन्छ । 

केन्द्रमा रहेको एक अस्पतालमा यी दुईजना रोगीको उपचार चलिरहेको स्थानीय अधिकारीहरूले जनाएमा छन् । 


Advertisement

न्युमोनिक प्लेग २४ देखि ७२ घन्टासम्म प्राणघातक हुन सक्छ र यो सबभन्दा बढी संक्रमण हुने प्लेग हो भनी विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्युबोनिक प्लेग चाहिँ यसको तुलनामा कम खतरनाक हुन्छ । 

भर्ना गरिएका दुई रोगीहरू उत्तरपश्चिममा रहेको इन्नर मंगोलिया प्रान्तबाट आएको जिल्ला अधिकारीहरूले एक अन्लाइन वक्तव्य निकालेर जनाएका छन् । रोकथाम तथा नियन्त्रणका उपायहरू अवलम्बन गरिएको वक्तव्यमा उल्लेख छ । 


Advertisement

चिनियाँ सरकारले आफूलाई प्लेगको केसका बारेमा सूचना दिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

यो प्लेग लागेपछि ज्वरो, काँप्ने, बान्ता हुने र चक्कर आउने समस्या देखिन्छ । 

प्लेगको कीटाणु येरसिनिया पेस्टिस संक्रमित मुसाबाट उडुसमार्फत सर्छ । 

एजेन्सी

कमेन्ट गर्नुहोस्