×

NMB BANK
NIC ASIA

कर्णालीमा उम्मेदवारी मनोनयन, खार्पुनाथमा नेकपा र काँग्रेसको भीडन्त

कात्तिक २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत - कर्णाली प्रदेशको हुम्ला र सल्यान जिल्लामा चुनावी माहौल तातेको छ । बाजा गाजासहित नेकपा र नेपाली काँग्रेसका उम्मेदवारहरुले बुधबार मतदान अधिकृतको कार्यालयमा मनोनयन गराए ।

Sagarmatha Cement
Muktinath Bank

मंसिर १४ गते हुने उपनिर्वाचन हुम्लाको खार्पुनाथमा उपाध्यक्षका लागि र सल्यानको कुमाख गाउँपालिका–५ का वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैका लागि सल्यानमा पाँच जनाले उम्मेदवारी दिएका छन् । कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढा मगरका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट वडाअध्यक्षमा धर्मे बुढाथोकी ‘ज्वाला’, नेपाली काँग्रेसबाट खड्क बोहोरा, राप्रपाबाट गोपाल शाह, स्वतन्त्रबाट चित्र गिरी र बलविर बस्नेतले उम्मेदवारी दिएका हुन । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी मनोनयन गराएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार नेपाली काँग्रेसबाट ताराकुमारी शाही, नेकपाबाट रुपा शाही र राप्रपाबाट दिपबहादुर शाहीले मनोनयन दर्ता गरेका हुन । दाबी आफ्नै हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्ेसले जीत सुनिश्चित भइसकेको दाबी गरेको छ ।

Vianet communication
Laxmi Bank

नेपाली काँग्रेसका हुम्ला जिल्ला सभापती जयपति रोकायले स्थानीय तहको निर्वाचनमा साविक एमाले र माओवादी मिलेर लडेका भएपनि आफ्नो पार्टीले जित निकालेको बताउँदै त्यहाँ आफैंले जित्ने दाबी गरे । यता, नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनःले वडाअध्यक्षमा आफूहरुको जीत सुनिश्चित भएको बताए ।

‘पहिलो माओवादी दोश्रोमा एमाले र तेश्रो स्थानमा नेपाली काँग्रेस थियो,’ उनले भने, ‘अहिले हामी एक भएको अवस्थामा सोझै जित निकाल्छौं । हामीलाई काँग्रेसले रोक्नै सक्दैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x