विप्लव नेतृत्वको नेकपाका एक विद्यार्थी नेताद्वारा आत्मसमर्पण

सर्लाही - नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् ।

पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।


Advertisement

आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका महतोले पार्टीको क्रियाकलाप चित्तबुझ्दो नभएपछि परित्याग गरेको बताए ।


Advertisement

एक वर्षदेखि चन्द समूहको विद्यार्थी सङ्गठनको जिल्ला सदस्य भएर काम गरेको महतोले बताए । ‘पार्टीको क्रियाकलापप्रति चित्त नबुझेकाले आत्मसमर्पण गरेका छौँ, नेकपा परित्याग गरे पनि तत्कालै कुनै पार्टीमा प्रवेश गर्दैनौँ,’ महतोले भने ।

आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पु¥याई छोडिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

 

कमेन्ट गर्नुहोस्