काठमाडौँ - संयुक्त राज्य अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको विरुद्ध महाभियोग जाँचसँग जोडिएको सार्वजनिक सुनुवाई बुधवार राजधानी वाशिंगटनमा शुरू भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि आफ्नो राजनीतिक प्रतिद्वन्द्वी जो बाइडेन र उनको छोराको विरुद्ध जाँच गर्न युक्रेनलाई दबाब दिएको आरोप लागेको छ । ट्रम्पले भने यस आरोपको खारेज गर्दै आएका छन् ।
हाउस अफ रिप्रेजेन्टेटिभमा बिल टेलर र जर्ज केन्टलाई साक्षीका रूपमा सामेल गरिएको छ ।
साक्षीका रूपमा पेश गरिएका जर्ज केन्टले ट्रम्पका वकिल रुडी जुलियानीमाथि युक्रेनमा उपस्थित अमेरिकी कूटनीतिज्ञको बदनाम गरेको आरोप लगाएका छन् । उनले भनेका छन् कि जुलियानीको हमलाले अमेरिका र युक्रेनको राष्ट्रिय हितको अवहेलना र दुवै देशबीचको मित्रतालाई नोक्सान पुर्याएको छ ।
एजेन्सी
लोकान्तर संवाददाता