×

NMB BANK
NIC ASIA

एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालको अफर : एक बिरामी ल्याउनेलाई सात हजार कमिसन

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –स्वास्थ्य क्षेत्रमा विकृति बढ्दै जाँदा उपचार र विश्वसनीयताका आधारमा होइन, कमिसनका आधारमा बिरामी जम्मा गर्ने प्रतिस्पर्धा बढेको छ ।

Muktinath Bank

यही क्रममा काठमाडौंको नेपाल नेसनल हस्पिटलले एउटा बिरामी ल्याउने एम्बुलेन्सचालकलाई सात हजार कमिसन दिने घोषणा गरेको छ । बुधबार चितवनका करिब ३५ एम्बुलेन्सचालकलाई न्यु पिस फेमिली कटेजमा बोलाएर भोजसहित ज्याकेट पनि वितरण गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भरतपुर–१० सप्तगण्डकी रोडमा रहेको न्यु पिस फेमिली कटेज रेस्टुरेन्ट एन्ड लजमा बुधबार एम्बुलेन्सचालकको भेला गरिएको हो । उपस्थितमध्ये दुई एम्बुलेन्सचालक बुटवलबाट आएका थिए भने बाँकी चितवनकै हुन् । नेपाल नेसनल हस्पिटल कलंकीका बिजनेस डेभलपमेन्ट अफिसर समीर शर्मा अस्पतालको अफर लिएर सो कटेजमा पुगेका थिए । उनले एम्बुलेन्स मगाउने आफन्तलाई प्रभावित गरेर बिरामीलाई आफ्नो अस्पतालमा ल्याइदिन चालकहरूलाई आग्रह गरेका थिए । जुनसुकै रोगको बिरामी भए पनि आफ्नै अस्पतालमा ल्याइदिन उनको जोड थियो । 


Advertisment
Nabil box
Kumari

स्वतन्त्र रूपमा अस्पताल छान्न पाउने बिरामी र आफन्तको अधिकार कुण्ठित गर्न यस्तो भेला आयोजना गरिएकोमा चितवन प्रहरीको पनि ध्यानाकर्षण भएको छ । ‘काठमाडौंको कलंकी चोकमा रहेको नेपाल नेसनल हस्पिटलका प्रतिनिधिको उपस्थितिमा एम्बुलेन्सचालक भेला भएका रहेछन्, एकजना बिरामी अस्पताल पुर्‍याएबापत सात हजार रुपैयाँ कमिसन चालकलाई दिने प्रतिबद्धता अस्पतालका प्रतिनिधिले व्यक्त गरेछन्,’  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानबहादुर मल्लले नयाँ पत्रिकासँग भने, ‘यो चरम विकृति हो, तर समयमै जानकारी नभएकाले उनीहरूलाई पक्राउ गर्न सकिएन ।’ बिरामी र आफन्तलाई शोषण गर्ने  यस्तो विकृतिलाई सहन नसकिने उनले बताए । ‘यो गैरकानुनी काम हो, हामी छानबिन गर्छौँ, दोषीमाथि कारबाही गर्छाैँ,’ एसपी मल्लले भने । 

Vianet communication
Laxmi Bank

चितवन एम्बुलेन्सचालक समितिका सचिव सुवास तामाङले पनि एम्बुलेन्सचालकहरू भेला भएको स्विकारे । तर, बिरामी ‘किनबेच’को विषयमा छलफल नभएको उनको दाबी छ । ‘भेलामा कुनै भोजभतेर भएको छैन, कमिसन लिने कुरा पनि भएको छैन । सामान्य अन्तक्र्रिया मात्र भएको हो,’ उनले भने, ‘भेलामा ट्राफिक नियमबारे छलफल भयो ।’ उनले ट्राफिक नियमबारे अन्तक्र्रिया भएको बताए पनि कार्यक्रममा एकजना पनि ट्राफिकको उपस्थिति थिएन । 

उनले भेलामा सहभागी चालकलाई नेपाल नेसनल हस्पिटलले ज्याकेट वितरण गरेको भने स्विकारे । ज्याकेटको भारी र पैसाको प्रलोभन बोकेर चितवन पुगेका अस्पतालका बिजनेस डेभलपमेन्ट अफिसर शर्माले यस्तो विषयमा चासो राख्न नमिल्ने बताए । ‘साथीभाइबीच भेटघाट हो, यसमा तपाईंलाई किन चासो भयो ?’ नयाँ पत्रिकाकर्मीसँग उनले भने । उनले बुधबार बेलुका नै आफू काठमाडौं फर्किँदै गरेको जानकारी गराउँदै भने, ‘म मुग्लिन आइपुगेँ, कुरा गर्ने भए यहीँ आउनुस्, अरू म थप बोल्दिनँ ।’

संयुक्त एम्बुलेन्सचालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले भने चितवनमा त्यस्तो भेला भएको विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए । ‘बिरामीसँग दलाली गर्न अस्पतालले एम्बुलेन्सचालकको भेला राखेको हुन सक्छ,’ उनले भने, ‘त्यस्तो भएको रहेछ भने प्रहरीले समितिका पदाधिकारी र अस्पताललाई कारबाही गर्नुपर्छ ।’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x