×

NMB BANK
NIC ASIA

काठमाडौंमा साइकल सवारी : फाइदा र चुनौती

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –  साइकल यात्रा गर्न थालेको २२ वर्ष भयो । म अन्य सवारीसाधनको प्रयोग गर्दिनँ । 

Muktinath Bank

विश्व साइकलयात्री पुष्कर शाह भन्छन्, मेरो बुझाइमा वातावरण, भूगोल र दूरीका हिसाबले काठमाडौं साइकलमैत्री सहर हो । गर्मी मौसममा उत्पात गर्मी हुँदैन । मध्यवैशाखमा पनि तापक्रम ३५ डिग्रीभन्दा माथि जाँदैन । खासै उकालो भूगोल पनि छैन, कतै पनि साइकल बोकेर हिँड्नुपर्दैन । दूरीको हिसाबमा काठमाडौं सहरको भित्री गोलाद्र्धलाई २६ किलोमिटरको चक्रपथले घेरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोटेश्वरदेखि कलंकी र महाराजगन्जदेखि लगनखेलसम्मको दूरी झन्डै २५ मिनेटमा पार गर्न सकिन्छ । तर, दुग्र्भाग्य ! यहाँ सडक क्षमताभन्दा बढी संख्यामा यातायतका साधन छन् । ती सवारीले प्रदूषण फैलाइरहेका छन् । सार्वजनिक, निजी सवारी र मोटरसाइकलले सडक क्षेत्र ओगट्दा साइकलयात्रीलाई चुनौती छ । त्यसमाथि बस, टेम्पो, बाइकजस्ता सवारीले पेल्ने गर्छन्, विविध चुनौती स्विकार्दै हामी अघि बढ्नुपर्ने बाध्यता छ ।


Advertisment
Nabil box
Kumari

सडकमा अन्य यातायातका साधनको अधिकार जति छ, त्यति नै अधिकार साइकलको हुनुपर्छ । साइकलयात्रीका लागि अलग्गै लेनको व्यवस्था हुनुपर्छ । साइकलयात्रीले प्रदूषण नियन्त्रण र वातावरण संरक्षणमा  योगदान गरेका छन् । व्यक्तिको फिटनेस र स्वास्थ्यका लागि साइकलको महत्व ठूलो छ । तर, हाम्रो समाजमा साइकलयात्रीलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन ।साइकल चढ्नेलाई हाम्रो समाजले आर्थिक हैसियतविहीन र निरीह ठान्छ । यो विडम्बना हो ।

Vianet communication
Laxmi Bank

समान अधिकार चाहिन्छ 
सन् २०१० मा ‘काठमाडौं साइकल सिटी’नाम दिएर हामीले सडकमा समान अधिकार माग गर्दै अभियान चलाएका थियौँ । यो अभियानको अर्थ साइकल मात्रै चढ्नुपर्छ भन्ने होइन । तर, सडक साइकलमैत्री हुनुपर्छ, साइकलयात्री सुरक्षित हुनुपर्छ भन्ने हो । हामीले आफ्ना माग सरकारलाई सुनायौँ । सरकारले योजना सुन्यो र प्रशंसा पनि ग-यो । सहर स्वस्थ राख्नुपर्छ पनि भन्छ ।

काठमाडौंलाई प्रदूषणमुक्त सहर बनाउन साइकलको प्रयोग बढाउनुको विकल्प छैन

योजना कार्यान्वयन गर्न भने सम्बन्धित निकायले ध्यान दिँदैनन् । काठमाडौंलाई प्रदूषणमुक्त सहर बनाउन साइकलको प्रयोग बढाउनुको विकल्प छैन । सरकारले साइकल बोर्ड गठन गरेर काम गर्न सक्छ । रिंगरोड ५० मिटर चौडाइको छ, यसमा दुवैतर्फ तीन÷तीन मिटरको साइकल लेन बनाउन सकिन्छ । त्यस्तै, बागमती, मनोहरा, विष्णुमती, धोबीखोलालगायत नदीकिनारमा लेन बनाउन सकिन्छ । भित्री सहरका गल्लीमा अन्य सवारी निषेध गर्दै लेन बनाएर साइकल मात्रै चलाउन दिने हो भने एकातर्फ जाम हट्छ, अर्कोतर्फ साइकल चढ्नेको संख्या बढ्छ । 

तीन किलोमिटर साइकल लेन 
काठमाडौंको सिनामंगलदेखि तिलगंगासम्म झन्डै एक किलोमिटर क्षेत्रमा साइकल लेन बनेको छ । तर, प्रयोगमा आएको छैन । त्यसैगरी तिनकुनेदेखि माइतीघरसम्म दुवैतर्फ दुई किलोमिटर सडकमा साइकल लेन बनाइएको छ । तर,  यो पनि साइकलमैत्री छैन । सडकछेउ नभएर फुटपाथसँगै जोडेर साइकल लेन बनाइएको छ । त्यसैले यहाँ पैदलयात्रुको भिड हुन्छ, साइकल चढेर हिँड्न सक्ने अवस्था छैन ।

अहिलेसम्म सरकारले घोषणा गरेर बनाएको यही तीन किलोमिटर साइकल लेन हो । ललितपुर महानगरपालिकाले कुपन्डोलदेखि लगनखेलसम्म पाँच किलोमिटर सडकमा साइकल लेन बनाउने घोषणा गरेको थियो । जुन, अहिले निर्माणाधीन अवस्थामा छ । 

काठमाडौंमा अहिले झन्डै १० लाख मोटरसाइकल चल्छन् । यसबाट ठूलो परिमाणमा कार्बनडाइअक्साइड निस्किन्छ । काठमाडौंमा मोटरसाइकल चलाउने मानिसले हप्तामा एक दिन मात्रै सार्वजनिक सवारी चढ्ने हो भने, एक हप्तामा झन्डै १० लाख लिटर तेल बचत हुन्छ । १० लाख लिटर तेल बचत हुनु भनेको १० करोड रुपैयाँ बचत हुनु हो । यसरी महिनामा ४० लाख लिटर तेल बचत हुँदा ४० करोड जोगिन्छ । अर्थात्, इन्धनको खपत कम हुन्छ र प्रदूषण घट्छ, आर्थिक फाइदा बढ्छ । नागरिकको स्वास्थ्य अवस्था सुध्रन्छ । साइकलयात्राका यस्ता धेरै फाइदा छन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x