लामखुट्टेले टोकेपछि पत्नीले गोदिन् पतिलाई

काठमाडौं – भारतको गुजराज राज्यको राजधानी अहमदाबादमा लामखुट्टेले टोकेका कारण समस्या परेपछि एक महिलाले बुधवार आफ्ना पतिलाई पिटेकी छन् । 

यस काममा छोरीहरूले पनि आमालाई साथ दिए । छोरीले कपडा सफा गर्ने लट्ठीले बुवालाई पिटे । 


Advertisement

नरोदा इलाकामा बस्ने पीडित भूपेन्द्र लेउवा कुटपिटका कारण गम्भीर घाइते भए । 


Advertisement

भूपेन्द्रले प्रहरीसमक्ष उजुरी दर्ता गरेका छन् । विगत केही महिनादेखि आफूले एलईडी बेच्ने गरेको र आय निकै कम भएको उनले बताए । तलब कम आउने भएकाले विगत दुई महिनादेखि उनले बिजुलीको बिल तिर्न सकेका थिएनन् । त्यसैले घरमा बिजुली काटिएको थियो । 

पत्नी संगीताले लामखुट्टेले टोकिरहेको र पंखा चलाउन नपाएको भनी पतिसमक्ष गुनासो गरिन् । भूपेन्द्रले मजाक गर्दै आफूनजिक आएर ओछ्यानमा सुतेमा राम्रो निद्रा आउने बताए । लामखुट्टेले रातभरि टोकेर हैरान भएकी संगीता पतिको यो कुरा सुनेर रिसाइन् र भान्सामा गएर लठ्ठी ल्याइन् । उनले धकेलेर पतिलाई भुइँमा लडाइन् अनि लट्ठीले बेस्सरी ठटाइन् । 

संगीताका छोरीहरूले पनि पितालाई पिटे । भूपेन्द्र पीडामा चिच्याएको आवाज सुनेर छिमेकीहरू आइपुगे । एक छिमेकीले भूपेन्द्रका भाइ महेन्द्रलाई बोलाए । महेन्द्रले भूपेन्द्रलाई छुटाए नजिकैको अस्पताल लगे । 

भूपेन्द्रको दाहिने आँखामा सातवटा टाँका लगाइएको छ । भूपेन्द्र पत्नी र छोरीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्