फेसबूकले डिलिट गर्‍यो लगभग साढे ५ अर्ब अकाउन्ट, कारण यस्तो

काठमाडौं – फेसबूकले यस वर्ष मात्र ५ अर्ब ४० करोड फेक अकाउन्टहरू बन्द गरेको बुधवार जनाएको छ । तर अझै लाखौं फेक अकाउन्ट सञ्चालनमै रहेको उसको भनाइ छ । सन् २०१८ मा उसले ३ अर्ब ३० करोड फेक अकाउन्ट हटाएको थियो । 

फेसबूकमा मासिक २ अर्ब ५० करोड प्रयोगकर्ता सक्रिय रहने गरेका छन् र तीमध्ये ५ प्रतिशत फेक अकाउन्ट हुन्, फेसबूक आफैंले स्वीकार गरेको छ । फेक अकाउन्ट बनाउनेबित्तिकै पत्ता लगाउने प्रविधि फेसबूकले विकसित गरेको भए पनि फेक अकाउन्ट बन्ने क्रम जारी रहेको छ । 


Advertisement

अमेरिकामा निर्वाचन आउन लागेको बेलामा फेक अकाउन्टको समस्या ठूलै चुनौतीको रूपमा रहेको छ । विश्लेषक र निगरानीकर्ताहरूले सामाजिक सञ्जालमा झूटा र अनर्थ लाग्ने विषयवस्तुको बाढी आउन सक्ने अनुमान गरेका छन् । 

पत्रकारहरूसँग कुरा गर्दै फेसबूकका सीईओ मार्क जुकरबर्गले यति ठूलो संख्यामा फेक अकाउन्ट हटाएर कम्पनीले यो विषयलाई गम्भीर रूपमा लिएको बताए अनि अन्य सामाजिक सञ्जाल प्ल्याटफर्मलाई यस्तै काम गर्न आह्वान गरे । 


Advertisement

सीएनएनबाट

कमेन्ट गर्नुहोस्