‘मन्त्रिमण्डल पुनर्गठनमा अहिलेका सबै मन्त्री हट्छन्, प्रधानमन्त्रीबाहेक अरू नयाँ आउँछन्’

काठमाडौं– मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेको समयमा नेकपाका प्रभावशाली नेता वामदेव गौतमले प्रधामनन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्न लागेको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री बाहेकका सबै मन्त्र हट्ने र नयाँ नियुक्त हुने उनले बताए ।


Advertisement

‘मन्त्रिमण्डल पुनर्गठन गर्ने बेला आयो भनेर प्रधानमन्त्रीले महसूस गर्नुभएजस्तो लाग्छ । कसैलाई हटाउने भन्ने होइन पुनर्गठन गर्ने हो,’ बिहीवार कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा गौतमले भने, ‘मन्त्रिपरिषद् पुनर्गठन भनेकै त्यही हो नि ! प्रधानमन्त्रीबाहेक अहिले भएका सबै हट्छन् र नयाँ व्यक्ति आउँछन् ।’

नेकपाभित्र लामो समयदेखि मन्त्रिमण्डल पुनर्गठनको बहस चलिरहेको छ । प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूको जस्तै मन्त्रीहरूको पनि सामूहिक राजीनामा आउँछ त ? भन्ने प्रश्नमा गौतमले भने– ‘मैले सोधेको थिएँ, एक दुईजना परिवर्तन गर्ने हो कि पुनर्गठन गर्ने हो ? प्रधानमन्त्रीले भन्नुभयो– पुनर्गठन हो । पुनर्गठनमा कसैसँग राजीनामा मागिँदैन । भएकाहरू हट्छन, नयाँ आउँछन् ।’


Advertisement

पुनर्गठन कहिले हुन्छ त ?

‘त्यो प्रमलाई सोध्नु पर्छ । उहाँले पुनर्गठन हुन्छ भनेर भन्नुभएको थियो । कहिले हुन्छ भनेर मैले सोधिनँ किनभने म सत्य बोल्ने व्यक्ति मैले पहिले नै भन्दिन सक्छु भनेर उहाँले मलाई मिति दिनुहुन्न । मिति नदिएर राम्रै भएको छ, तपाईंहरूले सोध्दा मैले भन्नुपर्छ फेरि झुटो बोल्नु भएन ।’

कमेन्ट गर्नुहोस्