भेरी छुवाछुतमुक्त नगरपालिका घोषणा हुने

जाजरकोट जिल्लाको भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेदभावमुक्त नगरपालिका घोषणा गरिने भएको छ ।

भेरी जिल्लाकै छुवाछुतमुक्त नगरपालिका घोषणाका लागि पहलकदमी लिने पहिलो नगरपालिका हो । 


Advertisement

आगामी जेठ २१ गते जातीय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणा गर्न भेरी नगरपालिकाले झण्डै ३ दर्जनभन्दा बढी सामाजिक अभियन्ता तयार गरी सो सम्बन्धी कामलाई अघि बढाएको छ । उक्त रणनीतिक योजनामा जातीय छुवाछुत तथा भेदभाव सम्बन्धिका सवाल पहिचान गर्नुको साथै जातीय छुवाछुत तथा भेद्भावमुक्त नगर घोषणाका सूचक निर्माण गरिएको छ । 


Advertisement

अभियानलाई अघि बढाउन सामाजिक अभियन्ताले काम गर्नेछन् । जातीय छुवाछुत तथा भेदभाव सम्बन्धी भएका संवैधानिक तथा कानूनी व्यवस्थाका विषयमा गाउँगाउँमा गएर छलफल समेत गर्ने भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

विज्ञान र प्रविधिले २१ औं शताब्दीको युगमा मान्छेले मान्छेलाई नै गरिने छुवाछुत तथा जातीय भेदभाव गैरकानूनी भएको प्रमुख घर्तीले बताए । भेरी नगरपालिकालाई जातीय छुवाछुत तथा भेदभावमुक्त नगर घोषणा गर्नलाई नगरपालिकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले बताए ।

विक्रम संवत् २०७६ मा जाजरकोट जिल्लालाई जातीय छुवाछुत तथा भेद्भावमुक्त जिल्ला घोषणा गर्न २०७० सालमा निर्माण गरिएको रणनीतिक योजनालाई भेरी नगरपालिकाले स्रोतका रुपमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ ।

कमेन्ट गर्नुहोस्