×

NMB BANK
NIC ASIA

प्रहरीले सचेतना कार्यक्रम अघि बढायो

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

समाजमा हुने विभिन्न घटना नियन्त्रणका लागि परम्परागत संस्कृति, विश्वास र संस्कारलाई प्राथमिकता दिन प्रहरीले सचेतना कार्यक्रम अघि बढाउन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत ‘धर्मगुरुसँग प्रहरी’ कार्यक्रम सञ्चालन गरेर   प्रहरीले धर्म, संस्कार र अन्धविश्वासका कारण मानव समाजमा पारेको असरबारे जानकारी दिन थालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै साता जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगरमा आयोजना गरेको  ‘धर्मगुरुसँग प्रहरी’ सम्बन्धी सचेतनामूलक कार्यक्रममा  हिन्दू ईसाई, बौद्ध तथा मुस्लिम धर्मगुरुलाई भेला पारेर बालविवाहले समाजदेखि मुलुकको दिगो विकासमा पर्ने असरबारे प्रशिक्षण दिएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रशिक्षणमा वालविवाह गर्नेहरूको उमेर, बालविवाहका प्रमुख कारण र त्यसबाट बालबालिकामा पर्ने शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा प्रजननसम्बन्धी असरसबारे जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिल्लीराज पन्तले राससलाई जानकारी दिनुभयो । बालविवाहका कारण समाजमा हुने आपराधिक घटनाका साथै यसबाट शिक्षा, स्वास्थ्य, रोजगारी, पारिवारिक कलह र देशविकामा पुग्ने असरबारे पनि जानकारी गराइएको उनको भनाइ थियो ।   

Vianet communication
Laxmi Bank

उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले बालविवाह सामाजिक अपराध हो भन्ने कुरा प्रत्येक नागरिकसम्म पुर्‍याउन यो कार्यक्रम गरिएको बताए। धार्मिक संस्कृतिसँग जोडिएका कुरीतिलाई हटाउँदै लैजाने र बालविवाह गराउनेलाई हुने कानूनी दण्डसजायका बारेमा जानकारी गराउने उद्देश्यले सो कार्यक्रम गरिएको उनले जनाए। प्रहरी नायब उपरीक्षक रावलले भने, “विवाहमा मुलतः धर्मगुरुको भूमिका बढी रहने भएकोले उहाँहरुलाई प्रशिक्षण दिइएको हो । यस कार्यक्रमले राम्रै प्रभाव पारेको छ ।” उनका अनुसार प्रशिक्षणमा सहभागी सबै धर्मगुरुहरूले आफूहरु बालविवाहमा संलग्न नहुने र त्यस्ता घटनामा जो कोही संलग्न देखिए प्रहरीलाई सूचना गर्ने जनाएका थिए  ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, आमा समूह, क्लबसम्म पु¥याइएको उक्त कार्यालयले जनाएको थियो  ।

ईगरब्रिज माविका शिक्षक यज्ञ ढकालले पहिले धार्मिक, साँस्कृतिक र पछिल्लो समयमा सूचना तथा प्रविधिको विकाससँगै प्रविधिजन्य सामग्री र साइटले बालविवाह बढाएको  बताए। विद्यालय, गाउँ तथा नगरमा गठित बाल क्लबलाई सक्रिय बनाउनुपर्ने सुझाउँदै उहाँले सामाजिक सञ्जाल नियन्त्रण, सामाजिक सचेतना र कानूनी दायरालाई फराकिलो बनाउन सकिए मात्र यसलाई नियन्त्रण गर्न सकिने प्रतिक्रिया दिए।

त्यसैगरी, सामाजिक अभियान्ता टङ्कप्रसाद खनालले गरीबी, अशिक्षा र देखासिखीले बालविवाह बढेको बताए। पछिल्लो समयमा भने मोबाइल र सामाजिक सञ्जालले बालविवाह गर्नेको सङ्ख्यामा वृद्धि भएकाले अभिभावक, विद्यालय र तीनै तहका सरकारले यसलाई नियन्त्रण र  निराकरण गर्दै लानुपर्ने उनको भनाइ थियो ।  

गरीबी र अशिक्षाका साथै धार्मिक तथा सांकृतिक संस्कारका कारण  मध्य तथा सुदूरपश्चिम नेपालमा बालविवाह हुने भएकाले त्यसैलाई दृष्टिगत गर्दै  ‘धर्मगुरुसँग प्रहरी’ कार्यक्रम कर्णालीका १० वटै जिल्लामा सञ्चालन गरी विभिन्न धर्ममा आवद्ध करीब सात सय धर्मगुरुलाई प्रशिक्षण दिइएकाले बालविवाहका घटनामा कमी आउने अपेक्षा गरिएको प्रहरीले जनाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x