शाखा अधिकृत भट्टराईसहित ५ जना अख्तियारको नियन्त्रणमा

यातायात व्यवस्था कार्यालय काठमाडौंका शाखा अधिकृत शुक्रप्रसाद भट्टराईसहित ५ जना घुस लिने क्रममा अख्तियारको नियन्त्रणमा परेका छन् ।

मोटरसाइकल पास गर्नका लागि आएका विभिन्न रिकन्डिसन हाउसका प्रतिनिधिहरुमार्फत मोटरसाईकल सहज ढंगले पास गरिदिने भन्दै ३ हजार रुपैयाँ घुस लिएको अवस्थामा बिहीवार अख्तियारबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे हो ।


Advertisement

शाखा अधिकृत भट्टराई सहित रिकन्डीसन हाउसका प्रतिनिधिहरू किरण देउजा, उत्तम बिक्रम शाही, रमेशकुमार केसी, र सुरेश छ्यास्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्