×

NMB BANK
NIC ASIA

उपनिर्वाचन

पिपरामा दाजुभाइ घमासान, भाइलाई दाजुको पार्टीले सत्ताको दुरूपयोग गर्ने चिन्ता !

कात्तिक २८, २०७६

NTC
Sarbottam
बायाँबाट क्रमश: हरिनारायण, विजय र रामजानकी
Premier Steels
Marvel

महोत्तरीको पिपरा गाउँपालिकामा मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा दाजुभाइ दुई मोर्चामा उभिएका छन् ।

Muktinath Bank

गाउँपालिका अध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका विजयकुमार यादवका दाजु हरिनारायण यादव संघीय समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवलाई जिताउन कम्मर कसेर लागेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पिपरा– ५ का स्थायी वासिन्दा हरिनारायण संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य हुन् । उनी पूर्व कृषिमन्त्री समेत हुन् ।


Advertisment
Nabil box
Kumari

कांग्रेस उम्मेदवार विजय पार्टीका जिल्ला सभापति महेन्द्रकुमार राय, महाधिवेशन प्रतिनिधि बजरंग नेपालीसहित गाउँका अन्य नेता तथा कार्यकर्तासहित निर्वाचन कार्यालयमा पुगेका थिए । तर उनको आफ्नै दाजु हरिनारायण समाजवादी पार्टीबाट अध्यक्ष पदका उम्मेदवार रामजानकी यादवको उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

Vianet communication
Laxmi Bank

आफ्नो भाइका प्रतिस्पर्धी रामजानकीलाई जिताउन हरिनारायण दिलोज्यान दिएर लागि परेका छन् ।

‘अब कांग्रेस र नेकपाले मधेशको कल्याण गर्न सक्दैनन्, हाम्रै उम्मेदवार रामजानकी यादवले चुनाव जित्छन्,’ लोकान्तरसँग उनले भने, ‘मेरो भाइ विजयले पनि जित्ने कुनै आधार छैन ।’

आगामी दिनमा संसदीय क्षेत्रको राजनीति पनि गर्नुपर्ने भएकाले समाजवादी पार्टीका उम्मेदवारलाई नै भोट दिन उनको आग्रह छ ।

भाइ विजय भने समाजवादी र राजपा नेपालजस्ता मधेशवादी पार्टीले सत्ता सञ्चालन गरेर मधेशको मुद्दा ओझेलमा पारेकोले जनताले अब नपत्याउने विश्वासमा छन् । आफ्नै दाजु प्रतिस्पर्धी उम्मेदवारको प्रचारमा लागेको भन्दा चिन्ता उनलाई दाजुको पार्टीबाट सत्ता र शक्तिको दुरूपयोग हुन्छ कि भन्नेमा छ ।

‘केन्द्रमा र प्रदेश दुवै तहमा समाजवादी पार्टी सत्तामा रहेकाले सत्ताको दुरूपयोग गरेर चुनावलाई दाजु हरिनारायण यादवले प्रभावित गर्न सक्नेछन्,’ अध्यक्ष पदका उम्मेदवार यादवले भने, ‘निर्वाचन आयोगले निर्वाचन आचारसंहितालाई पूर्णरूपमा पालना गराउनुपर्नेतर्फ सजग हुनु आवश्यक छ ।’

कांग्रेस उम्मेदवार रहेका यादव विगतमा आफ्नो गाउँ सहोरवाको गाउँ विकास समितिको अध्यक्ष समेत भइसकेका छन् । पिपरा गाउँपालिकामा भ्रष्टाचार बढेको, कुशासन कायम भएको, कमिसनतन्त्र हावी भएको कारण ती सबै बेथिति हटाउन आफूले उम्मेदवारी दिएको उनको जिकिर छ ।

गाउँघरमा केही गल्लीमा सडक ढलान गरिएको भएपनि गुणस्तरहीन काम बढेको तथा त्यस्ता काममा भ्रष्टाचार बढी भएकाले आफ्नो उम्मेदवारी ती सबै समस्या हटाउनका लागि भएको उनी बताउँछन् ।
उता दाजु हरिनारायणको जिकिर अर्कै छ । उनी आफ्नो उम्मेदवारले जुनसुकै हालतमा पनि चुनाव जित्ने दाबी गर्छन् ।

‘उम्मेदवारी मनोनयन गराउने बेलामा देखिएको कार्यकर्ताको भीडले पनि माहोल कसको पक्षमा छ भन्ने कुरा पुष्टि भइसक्यो,’ हरिनारायण यादवले भने, ‘आफ्नै भाइ नै अर्को पार्टीबाट उम्मेदवार छन्, तर उनले चुनाव जित्ने माहोल नै छैन ।’ घरमा नै फूट भएको अवस्थामा कसरी चुनाव जित्ने भन्ने सवालमा उनी भन्छन्, ‘विगतमा पनि म संविधान सभाको चुनाव लड्दा भाइ नेपाली कांग्रेसमै थियो, तर मैले चुनाव जितेँ ।’

लोकतन्त्रमा आ–आफ्नो विचारका आधारमा फरक–फरक राजनीतिक दलमा आवद्ध हुन पाउनु नै लोकतन्त्रको सौन्दर्य रहेको उनी बताउँछन् ।

दाजुभाइको यो लडाइँमा कुन पक्षले बाजी मार्छ, त्यो भने चुनावपछि नै थाहा हुनेछ ।

उपनिर्वाचनका लागि राजपाबाट रबिता कुमारी, नेकपाबाट विक्रम चौधरी, जनमत पार्टीबाट अञ्जलीदेवी मण्डल लगायत २० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x