देशभरका पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक

फाइल फोटो

प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ ।

बिहीवार सार्वजनिक नतिजा अनुसार १५७ पत्रिका ‘क’ वर्गमा परेका छन् । काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले विज्ञप्ति जारी गर्दै नतिजा प्रकाशन भएको जनाएका हुन् ।


Advertisement

विज्ञप्ति अनुसार ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ पत्रिका परेका छन् । सबै वर्ग गरी ७६६ पत्रिका वर्गीकरणमा परेका छन् ।


Advertisement

वर्गीकरणका लागि निवेदन दिएकामध्ये ३१ पत्रिका हुबहुँमा परेका र १ पत्रिकाको अंक नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुस् विज्ञप्ति -

कमेन्ट गर्नुहोस्