विकासका लागि सहयात्राको आवश्यकता : महासचिव पौडेल

फाइल फोटो

रुपन्देही – पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा आजको आवश्यकता भएको बताएका छन् ।

बुटवल–१३ मा निर्माण गरिएको लायन्स सिद्धबाबा स्वास्थ्य उपचार केन्द्र बिहीवार उद्घाटन गर्दै उनले विकासमा सबैको सहकार्य र साझेदारी आवश्यक रहेको उल्लेख गरेका हुन् ।


Advertisement

सबैको एकता र सहकार्यले नगर, वडा तथा टोलको विकासले फड्को मार्छ भन्दै महासचिव पौडेलले दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्न सबैलाई आह्वानसमेत गरे । रुपन्देहीलाई सडक सञ्जालबाट जोड्न बुटवल–बेलहिया र तिनाउ–दानव नदी करिडोरसहित दर्जनौं सडक आयोजनाको काम निर्माणको चरणमा रहेको चर्चा गर्दै उनले यी योजना सम्पन्न हुँदा रुपन्देही पूर्णरुपले विकसित हुने बताए ।

लायन्स क्लब अफ बुटवल सिद्धबाबाका अध्यक्ष डिल्लीनारायण पाण्डेले सेवाको भावना राखेर स्थानीयको उपचारका उपचार केन्द्र सञ्चालनमा ल्याइएको बताए । भवन निर्माण समितिका संयोजक योगेश घिमिरेले क्लबका सदस्यको सहयोगमा १ करोडको लागतमा केन्द्रको भवन निर्माण गरिएको जानकारी गराए ।


Advertisement

उक्त वडाको नयाँगाउँ उच्च माविले उपलब्ध गराएको ५ कट्ठा जमिनमा केन्द्रको दुईतले भवनको निर्माण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्