नेपाली महिला भलिबल टोलीले जित्यो पहिलो अन्तर्राष्ट्रिय उपाधि

एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

बंगलादेशमा बिहीवार भएको फाइनल भिडन्तमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।


Advertisement

नेपाली महिला टोली २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा विजयी भयो ।

नेपाली महिला भलिबललाई ऐतिहासिक पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा नेपाली टोली प्रतियोगिताभर अपराजित रह्यो ।


Advertisement

कमेन्ट गर्नुहोस्