×

NMB BANK
NIC ASIA

नेप्से परिसूचक झिनो अंकले वृद्धि

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार भने पुनः झिनो अंकले वृद्धि भएको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.७९ विन्दुले बढेर १ हजार १३५.९५ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.११ विन्दुले घटेर २५०.०६ विन्दुले घटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेप्से झिनो अंकले बढेपनि कारोबार रकम पनि औसतमा सीमित रहेको छ । कूल १६३ कम्पनीको ८ लाख ३३ हजार ८३१ कित्ता शेयर २२ करोड ८३ लाख ५७ हजार ४९३ मूल्यमा खरीद बिक्री भए । 


Advertisment
Nabil box
Kumari

कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार ४ उपसमूहको शेयर ओरालो लाग्दा ८ उपसमूहको शेयर भने बढेको छ । होटल २.५८, विकास बैंक १.३६, अन्य १.२६ र लघुवित्त ६.७ विन्दुले ओरालो लागेको छ ।

Vianet communication
Laxmi Bank

बैंकिङ १.३८, व्यापार २२.४४, जलविद्युत् ०.५६, वित्त ४.०४, निर्जीवन बीमा ८.७६, उत्पादन १.४१, जीवन बीमा १३.५९ र सामूहिक लगानी कोष ०.१५ विन्दुले बढेको छ ।

कारोबारका आधारमा बिहीवार एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ४ करोड २९ लाख ६८ हजार ३७ रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

नेपाल बैंक लिमिटेड १ करोड ३३ लाख ५८ हजार ५१३, हिमालयन डिस्टिलरी १ करोड ३१ लाख ८९ हजार ३००, एनआईसी एसिया बैंक ८७ लाख ७९ हजार ५९७, कृषि विकास बैंकको ७७ लाख ९९ हजार ४५७ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रहे । 

कारोबारका आधारमा साल्ट ट्रेडिङ लिमिटेडका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा पाँचथर पावर कम्पनी ९.६८, गुडविल फाइनान्स ६.९२, राधी विद्युत् कम्पनी ६.३८, दिव्यश्वरी हाइड्रो पावर ६.१२ र हिमालयन पावर पार्टनरका शेयरधनीले ५.९३ प्रतिशतले कमाए ।

ग्लोबल आईएमई समुन्नत स्किम एक ५.६६, आँखु खोला जलविद्युत् कम्पनी ५.२६, रिडी हाइड्रो पावर ५.१२, सुमन्नत लघुवित्त वित्तीय संस्था ४.९१, पञ्चकन्या माई हाइड्रो पावर ४.५४ र नेशनल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.७७ प्रतिशतले गुमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x