कात्तिक २१, २०८०
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको त्रिपिटक वाचन बिहीवारदेखि शुरू भएको छ ।
त्रिपिटक वाचन कार्यक्रमको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, सांसद सुजिता शाक्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, थाइल्याण्डका पूर्वमन्त्री कुनिन सुधारतले संयुक्तरूपमा दीप प्रज्वलन गरी शुभारम्भ गरे ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकारले योजनाबद्ध कार्यक्रम तय गरेको बताए । उनले प्रदेशको समृद्धिका लागि पर्यटनलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढाएको बताए ।
मुख्यमन्त्री पोखरेलले कपिलवस्तुको तिलौराकोट उत्खननको काम अघि बढेको र निग्लिहवामा कनकमुनि बुद्ध, गोटिहवामा क्रकु्च्छन्द बुद्धका प्रतिमा राख्ने र नवलपरासीको रामग्राममा बुद्ध संग्रहालय निर्माणको योजना बनेको बताए । उनले त्रिपिटक वाचन कार्यक्रमले लुम्बिनीको गरिमा बढाएको उल्लेख गरे ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीले विश्वभर एकतार भाइचाराको सन्देश फैलाएको धारणा राखे । आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थवीरले सरकारीस्तरबाटै लुम्बिनीमा आध्यात्मिक गतिविधि सञ्चालन गनुपर्ने बताए ।
त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाइ बिहारको सहयोगमा दोस्रो पटक आयोजना गरिएको त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, जापान, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, म्यान्मा, चीनलगायत २५ देशका भिक्षु, भिक्षुणी, उपासक, उपासिका सहभागी छन् ।
आगामी शनिवारसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटकअन्र्तगतका विनयपिटक, सूत्रपिटक र अभिधम्मपिटकको वाचन हुनेछ ।
पहिलो दिन नेपाली भिक्षुहरूले सूत्रपिटक अन्तर्गतको दीर्घनिकायको ब्रह्मजालसूत्र वाचन गरेर त्रिपिटक वाचनको शुरूआत गरेका छन् । दोस्रो दिन म्यान्माका भिक्षुहरूले अभिधम्मपिटक वाचनको नेतृत्व गर्नेछन् भने तेस्रो दिन थाई भिक्षुुहरूले विनयपिटक वाचन कार्यक्रमको नेतृत्व गर्नेछन् ।
त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । यसलाई सबै बौद्ध सम्प्रदायले मान्छन् । यसमा भगवान् बुद्धको उपदेश संग्रहीत छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ भने विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरिनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचन संग्रह गरिएका छन् ।
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...