भारतले प्रतिबन्ध लगाएपछि चीनबाट साढे ७ सय टन प्याज आयात

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ३ महिनाको अवधिमा ३ करोड ६४ लाख रुपैयाँको ७ लाख ९० हजार २ सय किलो आयात भएको छ । जसमध्ये चीनबाट मात्रै ३ करोड १३ लाख रुपैयाँको ७ लाख ४९ हजार २ सय किलो आयात भएको विभागले जनाएको छ । 


Advertisement

२०७५/७६ को पहिलो तीन महिनामा १० करोड ४३ लाख रुपैयाँको ३० लाख ९८ हजार ६ सय किलो आयात भएको थियो । उक्त प्याज भारतबाट मात्रै आयात भएको थियो । भारतले प्याज उत्पादनमा कमी आएको जनाउँदै असोज दोस्रो सातादेखि निर्यात बन्देज गरेपछि व्यवसायीले विकल्पमा चीन रोजेका हुन् ।


Advertisement

‘फाटफुट रूपमा तिब्बत र खासाबाट प्याज आउँछ,’ तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडाले भने, ‘चीनबाट आयातित प्याजको स्वाद फरक छ । उपभोक्ताको रोजाइमा कमै परेको देखिन्छ ।’ भारतमा मुख्यत: महाराष्ट्र र कनार्टकलगायत राज्यमा प्याज उत्पादन हुन्छ । अघिल्लो वर्षको खडेरी, त्यसपश्चात् अत्यधिक वर्षा र बढीले यी दुवै राज्यमा प्याज खेतीमा असर पुगेको थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार प्रतिबन्धकै समयमा नेपालमा चाडबाड भएकाले चीनबाट मगाएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।
 

कमेन्ट गर्नुहोस्