×

NMB BANK
NIC ASIA

'मरजावाँ' फिल्म समीक्षा : बकवास कथा, रद्दी प्रस्तुति

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लार्जर द्यान लाइफ फिल्मको प्रशंसक हुनु एउटा कुरा हो र त्यसलाई पर्दामा साकार बनाउनु अर्को कुरा हो । लेखक निर्देशक मिलाप झावेरीलाई लार्जर द्यान लाइफ सिनेमा खुबै मन पर्छ । त्यही विधालाई उनले मरजावाँका रूपमा पर्दामा ल्याए ।

Sagarmatha Cement
Muktinath Bank

तर उनी प्रस्तुतिमा नराम्ररी चुकेका छन् । सन् १९८० र ९० को दशकमा बन्ने फिल्महरूको हिट फ्लेभर मिसाएपनि उनले दमदार मसला फिल्म बनाउन सकेका छैनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्ना (नासेर) ट्यांकर माफिया हुन् र उनले रघु (सिद्धार्थ मल्होत्रा) लाई बच्चा हुँदा गटरमा फेला पारेका हुन् । रघु अन्नाकै छत्रछायाँमा हुर्केको हो र माफियाले गर्ने सबै अपराधमा अन्नाको दाहिने हात हो । अन्नाको सबै हुकुम रघुले मान्छ अनि रघुलाई अन्नाले छोरालाई भन्दा बढी माया गर्छ । बस्तीले नै रघुलाई मन पराउँछ । बार डान्सर आरजू (रकुल प्रीत) र रघुका तीन साथीहरू उसलाई हत्ते गर्छन् । 


Advertisment
Nabil box
Kumari

तर अन्नाको आफ्नै छोरो विष्णु (रितेश देशमुख) चाहिँ रघुलाई घृणा गर्छ । 

Vianet communication
Laxmi Bank

कश्मीरबाट आएकी बोल्न नसक्ने युवती जोया (तारा सुतारिया) लाई भेटेपछि रघुको जीवन परिवर्तन हुन्छ । ऊ असल बाटोमा लाग्न थाल्छ । तर विष्णुका कारण रघुले एक जघन्य काम गर्नुपर्ने हुन्छ ।

फिल्मको कथामा प्रेम, बदला र बलिदानको जुन इमोसनहरू खेलाइएको छ, त्यो दर्शकहरूले पहिले पनि हेरिसकेकै हुन् । इन्टरभल पोइन्टमा हिरोले हिरोइनलाई मार्नु अलिक नयाँ कुरा त हो तर कमजोर स्क्रीनप्लेका कारण त्यसको कुनै अर्थ देखिँदैन । 

निर्देशक झावेरीले लार्जर द्यान लाइफ पात्रहरूलाई पर्दामा देखाएका छन् । तर विश्वसनीयताको कमीका कारण तिनीहरू सतही लाग्छन् । 

फिल्ममा भारीभरकम संवाद छन् र ती लाउड सुनिन्छन् । कथाको क्रममा आउने भावुक पलहरू सबै मेलोड्राटिक छन् । याक्सन सिक्वेन्सहरू चाहिँ दमदार छन् । 

फिल्मको गीतसंगीत राम्रै छ । 

रघुको भूमिकामा सिद्धार्थ मल्होत्राले इमान्दार अभिनय गरेका छन् तर भूमिकामा कुनै गहिराइ छैन । होचा विष्णुका रूपमा रितेशले खलनायकपना दर्शाउन सफल भएका छन् । चरित्रको जटिलतालाई उनले पर्दामा देखाएका छन् । 

तारा सुतारिया सुन्दर देखिन्छिन् । उनले भूमिकामा न्याय गरेकी छन् तर उनको र सिद्धार्थको जोडी जमेको छैन । बार डान्सरको भूमिकामा रकुल प्रीत ठीकठीकै देखिएकी छन् । 

इन्सपेक्टरको रूपमा रवि किशनको प्रतिभा खेर फालिएको छ । अन्नाको भूमिकामा नासेर यादगार छन् । सहायक पात्रहरू चाहिँ अलि मेलोड्रामाटिक हुनाले उनीहरूलाई हेर्दा झर्को लाग्छ । 

तपाईंलाई पुरानो किसिमको मसला फिल्म मन पर्छ भने मात्र यो फिल्म हेर्नुहोला । नत्र यसमा पैसा खर्च नगर्ने सल्लाह दिइन्छ ।

फिल्म : मरजावाँ

कलाकार : सिद्धार्थ मल्होत्रा, रितेश देशमुख, तारा सुतारिया, रकुल प्रीत सिंह, नासेर, रवि किशन आदि

निर्देशक : मिलाप झावेरी

विधा : याक्सन, ड्रामा

अवधि : २ घन्टा १५ मिनेट

रेटिङ : २/५

नवभारत टाइम्समा प्रकाशित समीक्षा


 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x