×

NMB BANK
NIC ASIA

लोक सेवा आयोगले गत आर्थिक वर्षमा आह्वान गरेकामध्ये केही विज्ञापनमा कुनै पनि दरखास्त परेन । लोक सेवा आयोगले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । 

Muktinath Bank

आर्थिक वर्ष २०७५/७६ मा प्रकाशित निजामती सेवातर्फका १ सय ७४ र स्थानीय तहका ४२२ गरी कुल ५९६ विज्ञापनमध्ये आ.प्र.तर्फ नेपाल प्रशासन सेवाको टाइपिष्ट पदको ११ वटा विज्ञापन र न्याय, कानून समूहको उपसचिव (दलित समूह) पदमा कुनैपनि दरखास्त परेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोक सेवा आयोगले आर्थिक वर्ष ०७४/०७५ मा आह्वान गरेको ८ वटा शीर्षकको विज्ञापनमा १ जना पनि उम्मेदवारले लिखित परीक्षामा सहभागी नभएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

उक्त आर्थिक वर्षमा दलित कोटाको लागि छुट्याइएको राजपत्रांकित तृतीय श्रेणीअन्र्तगत इञ्जिनीयरिङ जियोलोजिस्ट १ जना, राजपत्रांकित द्वितीय श्रेणीको सिनियर गेम स्काउट १ जना, पाँचौ तहको स्वास्थ्य शिक्षा टेक्निसियन १ जना, पाँचौ तहको स्वास्थ्य शिक्षा टेक्निसियन महिलातर्फ १ जनाको विज्ञापनमा एक जनाले पनि लिखित परीक्षामा सहभागिता जनाएनन् । राजपत्रांकित द्वितीय श्रेणीको सहायक कम्प्युटरमा २ जना र मेकानिकल इञ्जिनीयर अपरेटरको लिखित परीक्षामा कसैले पनि सहभागिता नजनाएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Vianet communication
Laxmi Bank

निजामती सेवामा आकर्षण, १ पदका लागि ३ सय २९ आवेदन

नेपालीहरुमा निजामती सेवामा प्रवेश गर्न चाहनेहरुको संख्या अत्याधिक धेरै रहेको छ ।

गत आर्थिक वर्षमा निजामती सेवाको लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनमा १ पदका लागि ३ सय २९ जनासम्मले आवेदन दिएको देखिन्छ । गत आर्थिक वर्षमा लोक सेवा आयोगले १ सय ९३ जना नायब सुब्बाका लागि गरेको विज्ञापनमा ६३ हजार ४ सय ५६ जनाले आवेदन गरेका थिए भने २५२ जना खरिदार पदका लागि गरेको व्ज्ञिापनमा ६४ हजार ७ सय ३३ जनाले आवेदन गरेका थिए ।

सबैभन्दा धेरै आवेदन ब्राह्मण जातिबाट

लोक सेवा आयोगको विज्ञापनमा सबैभन्दा धेरै ब्राह्मण जातिको तर्फबाट आवेदन गर्ने गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 

आर्थिक वर्ष ०७५/०७६ मा लोक सेवा आयोगले नेपाल सरकारका विभिन्न अंगमा कर्मचारीको पदपूर्तिका लागि गरेको विज्ञापनमा जम्मा १ लाख ४३ हजार ८ सय  ४० जनाले आवेदन दिएका थिए, जसमा ३९ हजार ८ सय ६० जना अर्थात् २७.७१ प्रतिशत ब्राह्मणले आवेदन गरे । जातिगत रूपमा सबैभन्दा धेरै ब्राह्मण समुदायका प्रतिनिधिले आयोगको विज्ञापनमा आवेदन गरेको देखिन्छ ।

आयोगको विज्ञापनमा सबैभन्दा थोरै सहभागिता बोटे, चिडिमार, कछडिया र पञ्जावी/शिखले जनाएको देखिन्छ । अघिल्लो आवमा आयोगले खुलाएको विज्ञापनमा ती जातिबाट जम्मा ४ जनाले उम्मेदवारी दिएको आयोगका प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सबैभन्दा धेरै जागिर नेपाली सेनाले दियो

अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा नेपाली सेनाले सबैभन्दा धेरै रोजगारी प्रदान गरेको छ । प्राविधिकतर्फ ६ सय ३२ र अप्राविधिक तर्फ ११ हजार ८ सय ७ जना गरी जम्मा १२ हजार ४ ३९ जनालाई नेपाली सेनामा प्रवेशका लागि आवेदन मागेको लोक सेवा आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपाल प्रहरीले ९ हजार १३ जना र सशस्त्र प्रहरीले २ हजार ४ सय ६३ जनालाई सेवा प्रवेशका लागि आवेदन खुलाएको थियो । 

नेपाल सरकारको लगानी रहेको बैंकहरूमध्ये राष्ट्रिय वाणिज्य बैंकले १ हजार १ सय ४२ जनालाई रोजगारीको अवसर दिएको आयोगको तथ्यांकमा उल्लेख गरिएको छ ।

जागिरमा पुरुषसँगै महिलाको उपस्थिति

स्थानीय तहका लागि लोक सेवा आयोगले गत आर्थिक वर्षदेखि पछिल्लो विज्ञापनसम्म कुल ९ हजार १ सय ६१ पदका लागि दरखास्त आह्वान गरेको थियो ।

उक्त विज्ञापनमा  ५ लाख २८ हजार ९ सय ६८ दरखास्त प्राप्त भए । जसमा महिला उम्मेदवार २ लाख ८४ हजार ९ सय ७३ र पुरुष उम्मेदवार २ लाख ४३ हजार ५ सय ८५ को संख्यामा रहेका थिए । स्थानीय तहमा भएको कर्मचारी मागमा पुरुषको तुलनामा महिलाको आवेदन झण्डै ४१ हजारले बढी भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोगले आर्थिक वर्ष ०७५/०७६ मा सुरक्षा निकायसहित ३४ वटा संस्थामा लिएको लिखित परीक्षामा ४१ हजार ३ सय ६४ जना आवेदक उत्तीर्ण भएका थिए । आवेदकमध्येका जम्मा ११ हजार २ सय २० जना महिला उत्तीर्ण भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आ.व. २०७५/७६ को अवधिमा सुरक्षा निकायसहित २८ वटा संगठित संस्थाहरूको लागि भएको विज्ञापनमा कुल ३ लाख ३८ हजार ३ सय ९१ दरखास्त परेका थिए । उक्त परीक्षामा पुरुष उम्मेदवार १ लाख २४ हजार ३ सय ७८ जना थिए भने महिला उम्मेदवार ७४ हजार ३ सय ४ जना गरी कुल १ लाख ९८ हजार ६ सय ८२ जना सम्मिलित भएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x