×

NMB BANK
NIC ASIA

हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

कात्तिक २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भीआईपी पाहुना त्यसमा पनि संसारकै सुविधायुक्त विमानस्थलमा छिट्टै ‘लगेज’ पाइएला तर भीआईपी पाहुनाले चाँडो गराउँदा पनि ४५ मिनेटमा मात्रै ‘लगेज’ पाए ।

Muktinath Bank

पर्यटनमन्त्री भट्टराईले एकसाताअघि बेलायत भ्रमणका बेला सँगालेको अनुभवले चित्रण गर्छ कि नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप, अवस्था र बाध्यतालाई । बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थल विश्वकै सुविधायुक्त विमानस्थल मानिन्छ । पर्यटनमन्त्री भट्टराईले भीआईपी पाहुना हुँदा पनि उक्त विमानस्थलमा झण्डै एक घण्टाको अवधिमा लगेज लिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'म नेपालको पर्यटनमन्त्री ‘भीआईपी पाहुना’ छिटो बाटो भएर ‘फाष्ट ट्रयाक’ बाट गएको घडी हेरेर ४५ मिनेटमा लगेज लिए । मसँगै गएका अन्य साथीको कति समय लाग्यो होला त्यसको अनुमान सहजै गर्न सकिन्छ, विश्वको सुविधा सम्पन्न विमानस्थलको त यस्तो हालत छ भने विरोधका नाममा विरोध नगरौं”, उनले भने ।


Advertisment
Nabil box
Kumari

भ्रमण वर्ष पूर्व तयारीबारे हालै राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टराई निकै भावुक र आक्रोशित रूपमा प्रस्तुत भए ।

Vianet communication
Laxmi Bank

प्रदेश नं ३ प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको उक्त छलफलमा प्रदेश नं ३ का मुख्यमन्त्री, प्रदेश पर्यटनमन्त्री, सांसद, प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

नेपाल भ्रमण वर्ष, २०२० अभियान सन्निकट छ । विदेशी पाहुनाको आतिथ्य सत्कारका लागि नेपाल एकताबद्ध भएर जुटेको छ । स्वेशमा मात्र हैन विदेशमा पनि भ्रमण वर्षको प्रचारप्रसारलाई तीव्र पारिएको छ ।

भ्रमण वर्षको सकारात्मकभन्दा नकारात्मक प्रचार भइरहेको छ । 'के देशको नकारात्मक कुरालाई चर्चामा ल्याएर पाहुनको स्वागत सत्कार प्रभावकारी हुन्छ ? पर्यटनमा कामै भएको छैन, अहिलेकै आधारमा पर्यटक आउदैनन’ आदि प्रचार गरिएको छ”, पर्यटनमन्त्री भन्छन्, 'नकारात्मकताभित्रै सकारात्मकतालाई पनि जोड दिँदा के नै पो बिग्रन्छ ।” 

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने एक पर्यटन व्यवसायीले भ्रमण वर्षको तयारी नपुगेको, पदयात्रा र पर्वतारोहणमा बेथिति बढेको तथा विमानस्थलको बेतिथिदेखि सडक सञ्जालसम्मको दूरावस्थाको कहानी सुनाइरहेका थिए । उक्त भाषणलाई नजर लगाइरहेका पर्यटनमन्त्री भट्टराईले आफ्नो धारणा राख्दै पर्यटन क्षेत्रमा भइरहेका सकारात्मक प्रगतिको फेहरिस्त प्रस्तुत गरे ।

बेलायतलगायत विकसित मुलुकमा पनि लगेजमा ढिलाइ हुन्छ । अन्य अन्तरराष्ट्रिय विमानस्थलमा १० देखि १५ मिनेट विमानबाट ओर्लेपछि लगेज लिने गाउँमा पुग्न समय लाग्छ ।

बस वा रेलबाट यताबाट उता गएर अध्यागमनलगायत सबै प्रक्रिया पूरा गर्दा अरु समय लाग्छ । तर, नेपालको साँघुरो अन्तरराष्ट्रिय विमानस्थल । जहाजबाट ओर्लेपछि १५ मिनेटमा लगेज लिने स्थानमा पुगिन्छ । अनि लगेज ढिलो आयो भनेर ‘चार घण्टा यति दिन लगेज पाइँदैन’ भनेर गुनासो गरिन्छ । 

पर्यटनमन्त्री भट्टराई विमानस्थलको बेथिति सुधार र सेवा सुदृढीकरणका लागि हरेक दिन विमानस्थल पुग्छन् । विमानस्थलको सेवा सुधारमा अहोरात्र खटिएका उनी गत बुधबार राति पर्यटन सचिव केदारबहादुर अधिकारीका साथमा विमानस्थल पुगे । विमानस्थलका कार्मचारीे मन्त्री आएको पत्तो पाउँदैनन् । मन्त्री भट्टराई कहिले एक्लै त कहिले मन्त्रालय र अन्य सरोकारवाला निकायका प्रतिनिधि लिएर आकस्मिकरूपमा विमानस्थल निरीक्षणमा पुगेका हुन्छन् । पछिल्ला दुई कार्यक्रममा मन्त्री भट्टराईले आफू दैनिकजसो विमानस्थल पुगिरहेको जानकारी दिए ।

'सरकार २० लाख पर्यटक ल्याउने मिसनमा लागेको छ, बाहिर नराम्रा कुरा गरेर पाहुनालाई स्वागत गर्ने हैन, सकारात्मक बनौं, कमजोरी सुधार्न सरकार लागिरहेको छ”, उनले भने, 'एकमात्र विमानस्थल साँघुरो र अव्यवस्थित छ, त्यसैले त भैरहवा, पोखरा, निजगढ अन्तरराष्ट्रिय विमानस्थल चाहिएको हो नि ।'

विश्वभर वार्षिक सात प्रतिशतका दरले हवाई यात्रुको सङ्ख्या बढिरहेको छ । नेपालमा वार्षिक १३ प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । अबका पाँचदेखि १० वर्षभित्र काठमाडौँ विमानस्थलले यात्रु थेग्नै सक्दैन ।

सन् २०२० को मार्चबाट भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने उनले बताए ।

उनले राजधानी नजिकको उपयुक्त बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको विकल्प नरहेकाले निर्माण कार्य शीघ्ररुपमा अघि बढाइने बताए ।

उनले भने, 'वातावरणको हल्लाले केही पनि हुँदैन, पच्चीस लाख रुख काटिने विषयमा सत्यता छैन, कमभन्दा कम क्षतिमा विमानस्थल बनाइन्छ ।'

सन् २०२० को जनवरी १ तारिखका दिन नेपालमा भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिँदैछ ।

भ्रमण वर्ष अवधिमा गरिने कार्यक्रमको विस्तृत खाका पर्यटन मन्त्रालय र पर्यटन बोर्डको समन्वयमा भ्रमण वर्ष सचिवालयले तयारी गर्दैछ ।

भ्रमण वर्ष अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइएको छ ।

सङ्घीय सरकार मात्र नभई प्रदेश सरकार र स्थानीय सरकारले पनि भ्रमण वर्षलाई सफल बनाउन गन्तव्य प्रवद्र्धन, पूर्वाधार विकास र सेवा स्तरीकरणलाई प्राथमिकताका साथ अघि बढाएका छन् । सिबी अधिकारी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x