काठमाडौँ - अमेरिकाको मिसौरीमा एउटा कुकुरको नाकामा पुच्छर उम्रेको छ ।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार घरपालुवा जनावर उद्दार गर्ने एक समूहले नाकामा पुच्छर उम्रेको कुकुर देखेपछि उद्दार गरेका थिए ।
उनीहरूले उद्दार गरेको उक्त कुकुरलाई नरवाल नाम दिइएको छ ।
कुकुरलाई उद्दार गर्ने संस्थाका सदस्य रोसेल स्टिफनले यो अनौठो घटना भएको बताएका छन् ।
‘यस्तो घटना हामीले देखेका थिएनौं,’ स्थानीय सञ्चारमाध्यमसँग उनले भने, ‘कुकुर अहिले स्वस्थ छ । हामीले उसलाई पाएर खुसी छौं ।’
एजेन्सी
लोकान्तर संवाददाता