रूपज्योति थुनामुक्त

हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी तथा पूर्वमन्त्री रुपज्योति र उनको छोरी सुरुची श्रेष्ठ थुनामुक्त भएका छन् । 

काठमाडौँ जिल्ला अदालतमा आज म्याद थपका लागि ल्याउनुपर्नेमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले लेनदेनको देवानी मुद्दा भएको हुनाले ठगी मुद्दा नचल्ने निर्णय गरेपछि उनीहरु थुनामुक्त भएका हुन् । 


Advertisement

काठमाडौँ जिल्ला अदालतले अनुसन्धानका लागि यही कात्तिक २४ गते उनीहरुलाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनीहरु आठ दिन हिरासतमा रहेका थिए ।

व्यक्तिका नाममा दिनुपर्ने जग्गा अर्कै कम्पनी खडा गरी कम्पनीकै नाममा गराएका र सो कम्पनी श्रेष्ठको श्रीमती र छोरीको नाममा रहेको पाइएको थियो । तर, लेनदेनको मुद्दामा मिलापत्र गर्ने भएपछि आज दुवैजना थुनामुक्त भएका हुन् । 


Advertisement

कमेन्ट गर्नुहोस्