२६ जेठ २०८३, मंगलबार

गुणात्मक कफी उत्पादनमा सिन्धुपाल्चोक पहिलो

कात्तिक ३०, २०७६
गुणात्मक कफी उत्पादनमा सिन्धुपाल्चोक पहिलो

प्रथम राष्ट्रिय कफी कपिङ्ग प्रतियोगिता २०७६ मा जिल्ला कफी सहकारी सङ्घ, सिन्धुपाल्चोकले ८५.५ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ ।

कफी क्षेत्रमा आबद्ध कफी उत्पादक सहकारी सङ्घको प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले यो यस्तो कार्यक्रम आयोजना गरेको थियो ।

राष्ट्रिय कफी एकेडेमीले पोखरा र ललितपुरमा गरी एक हप्तासम्म देशव्यापी रूपमा विभिन्न जिल्ला कफी सहकारी र उत्पादक सङ्घबाट प्राप्त १६ वटा नमुनाको कफी कपिङ्ग गरी त्यसको स्वाद र गुणस्तर परीक्षण गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कफी कपिङ्गबाट त्यसको स्वाद र गुणस्तर परीक्षण गरेपछि मात्र यसको मूल्य निर्धारण गरिएको नेसनल कफी एकेडेमीका अध्यक्ष डा. राजकुमार बन्जराले बताए।

अन्तर्राष्ट्रिय रूपमा प्रमाणित प्राविधिक निमा तेन्जिङ्ग शेर्पाले सिन्धुपाल्चोकको कफीमा हुने विभिन्न गुणहरू जस्तै अरोमा, एसीडीटी, बोडी, आफ्टरटेस्ट, स्विटनेस लगायतका गुण सन्तुलित स्वाद र गुणस्तरको रहेको तथा केही मात्रामा मह र लेमनग्रास जस्तो स्वाद रहेको बताए।

त्यस्तै दोस्रो स्थानमा रहेको जिल्ला कफी सहकारी सङ्घ, गुल्मीले ८४.७५ अङ्क प्राप्त गरेको छ । अर्को तेस्रो स्थान जिल्ला सहकारी सङ्घ गुल्मीले ८४ अङ्कसहित प्राप्त गर्न सफल भएको छ । चौथो स्थानमा कास्की जिल्लाको ब्लु माउन्टेन अर्गानिक फार्म, पोखरा (२१ मा उत्पादित कफीले ८३.७५ अङ्क प्राप्त गरेको छ ।

क्रमशः पाँचौ स्थानमा जिल्ला कफी सहकारी सङ्घ, नुवाकोटबाट उत्पादित कफीले ८३.५ अङ्क, जिल्ला कफी सहकारी सङ्घ, कास्कीले ८२.२५ अङ्क, जिल्ला कफी सहकरी सङ्घ, लमजुङले ८१.५ अङ्क, जिल्ला कफी सहकारी सङ्घ, तनहुँ र पर्वतले तुलनात्मक रूपमा ललितपुर, काभ्रेलगायत अन्य जिल्लाभन्दा कम अङ्क प्राप्त गरेका छन् । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्