माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
पोषिलो खानेकुरा भए पनि आजकल गाउँघरमा मकैलगायतका अन्न पिसेर बनाइने सातु बनाउने चलन हराई सक्यो ।
विभिन्न अन्न भुटेर तयार पारिने त्यही पीठो (सातु) अहिले युरोप र अमेरिकामा लोकप्रिय बनेको छ ।
पर्वतको फलेवास नगरपालिकामा तयार गरिएको त्यही सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । फलेवास नगरपालिकामा स्थानीय जातका परिकार तयार पार्दै आएका उद्यमी थानेश्वर भुसालले मकै, भट्ट, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरेका छन् । 'गाउँघरमा सातु भनेर हेला गर्छन्', उद्यमी भुसालले भने,'शहर बजार र विदेशमा सातुको माग धेरै आएको छ ।' भुसालले मुडिकुवामा १८ वर्षदेखि सामुदायिक खाद्य प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् ।
उद्योगले स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैँची, मरिचलगायतलाई मेशिनमा भुटेर सातु बनाउने गरेको छ । तयारी खाजाले स्वास्थ्यमा असर गर्ने भए पनि सातु पोषणयुक्त र स्वास्थ्यमा कुनै असर नगर्ने भएकाले यसको माग बढेको उद्यमी भुसाल बताउँछन्। लप्सी, अदुवा र सितलचिनी प्रशोधन गरेर बेच्दै आएको उद्योगले सातु उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको छ ।
यहाँको सातु अहिले कुश्माबजारमा खाद्य स्टोर्स, डिमार्टमेन्टलले खरीद गर्छन् । कोसेलीका रुपमा काठमाडौँ, पोखरालगायत देशका विभिन्न स्थानमा समेत पुग्न थालेको छ । गाउँघरमा नै उत्पादित अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेको पाइएको छ । पछिल्लो समय सातु जिल्लाभित्र र बाहिरका विभिन्न विद्यालयमा दिवा खाजाका लागि पनि लैजाने गरिएको छ ।
उद्यमी भुसालले यसअघि पर्वतको वनपाखामा पाइने लप्सी प्रशोधन गरेर अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकमा बिक्री गर्दै आउनुभएको थियो । लप्सीका परिकार मौषमी भएका कारण बाह्रै महिना उद्योग चलाउन सातु उत्पादन गर्न थालिएको छ । उद्योगको क्षमता विस्तार गर्न र थप स्थानीय उत्पादन प्रवद्र्धन गर्न गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु सात लाख ६० हजार आर्थिक सहयोग गरेको थियो । 'गाउँघरमा उत्पादन हुने अन्न खेर फालेर जङ्कफुडको प्रयोग बढेको छ', उद्यमी भुसालले भने,'त्यसको विकल्पमा यसलाई प्रयोगमा ल्याउने गरी उद्योग विस्तार गरेको हुँ ।'
गाउँमै उत्पादित मकैको मूल्य प्रतिकिलो रु ४० पर्छ । चार वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि फलेबासमा मकै जोन कार्यक्रम सञ्चालन गरिएको छ । जोन कार्यालय सञ्चालनपछि उत्पादन दोब्बर बढाएका किसानले घरबाटै राम्रो मूल्य पाएकोमा खुशी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...